काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले सहकारी ठगीका मुख्य व्यक्ति जिबी राई नै भएको बताएका छन् । संसद्को राज्य व्यवस्था समितिको बैठकमा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् ।
आईजीपी कुँवरले भने, ‘उनी मलेसियामा छन् भन्ने छ, तर मलेसियासँग सुपुर्दगी सन्धि छैन । मुलुकी अपराध संहिताले पनि एमएलए गर भन्छ । मलेसिया सरकारले सुपुर्दगीको रिक्वेस्टका रूपमा पत्र पठाउन भनेपछि मन्त्रालय मार्फत पठाइसकेका छौं ।’
आईजीपी कुँवरले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट रेड नोटिस जारी भइसकेको बताए ।
तर पत्र पुग्दा पनि सुर्पुदगी सन्धि नभएकाले राईलाई डिपोर्ट गर्न मलेसिया सरकार बाध्य नभएको व्यवस्था समितिको बैठकमा आईजीपी कुँवरले बताए ।
यद्यपि यसमा परराष्ट्र मन्त्रालय र मलेसियास्थित नेपाली दूतावासले पनि काम गरिरहेको आईजीपी कुँवरले बताए । यसमा नेपालको मुख्य समस्या नै सुपुर्दगी सन्धिको अभाव भएको उनको भनाइ छ ।
