काठमाडौं । सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसी) दिपक अधिकारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपी अधिकारीलाई सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ रिक्त सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१)को (ख) बमोजिम बढुवा समितिको निर्णयानुसार अधिकारीलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको सूचनामा उल्लेख छ ।
बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुले ऐ नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने जनाएको छ ।
