Author: Scoop Khabar

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना हिजोका अभिव्यक्ति नखोतल्न आग्रह गर्दै जे कुरालाई हिजो गलत भनिएको हो आज पनि गलत नै रहेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्ना धारणा राख्दै यस्तो धारणा राखेका हुन् । लामिछानेले ८ वर्ष पहिले सरकारले दिएको बिदालाई व्यङ्ग्य गर्दै बाउको मुख हेर्ने दिनमा पनि विदा दिन भनेका थिए । आज कतारका अमिर आउने दिनमा गृह मन्त्रालयले दिएको बिदालाई लिएर सामाजिक सञ्जालमा उनको पुरानो अभिव्यक्ति उत्खनन् भएपछि लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आफूले भीआईपीको सवारीका बेलामा नागरिकले पाउने सास्ती, करोडौँ खर्च गरेर दिइने पदक, आम माफीका विषयमा आफूले लगातार काम…

थप

काठमाडौं । पछिल्लो समय सहकारी संस्थाहरूको हालत खराब छ । त्यसमाथि चोरीका घटना बचतकर्ताकै सम्पत्तिमाथि धावा बोल्ने कार्य हो । झापामा एक दुई मात्र होइन दर्जन सहकारीमा योजनाबद्ध चोरी गर्ने ६ जनाको गिरोह पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका-५ का ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुरगढी-८ का २८ वर्षीय अजय राना मगर छन् । उनीहरू मिलेर झापा जिल्लाका १३ वटा सहकारीहरूमा योजनाबद्ध रूपले चोरी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । झापा प्रहरीका अनुसार उक्त समूहले विभिन्न मिति…

थप

काठमाडौं । नेपाली सेनाले निजगढ–काठमाडौं द्रुत मार्गको ठेक्का लिएर निर्माण कार्य अघि बढाइरहेको जोखिम भत्तामा असन्तुष्टि जनाएको छ । जोखिम भत्ता कटौतीप्रति नेपाली सेनाले सरकारसँग असन्तुष्टि व्यक्त गरेको हो । प्रधान सेनापति प्रभुराम शर्माले दुर्गम क्षेत्रमा ज्यान जोखिममा राखेर बाटो निर्माणमा खटिएका सेनाका जवान लगायतलाई सरकारले पहिले दिँदै आएको जोखिम भत्ता कटौती गरेकोमा असन्तुष्टि जनाएका हुन् । ‘जहाँ अप्ठेरो त्यहाँको सडक सेनालाई दिने गरिएको छ । पहिले पहिले जोखिम भत्ता हुन्थ्यो, अरू बैठक भत्ता लगायत कटौती गर्दा यो पनि काटिएको छ । कहाँ काम गर्ने कसैलाई थाहा छैन, काठमाडौँमा बसेर योजना बनाउने, बजेट बनाउने, के हो जोखिम भत्ता भनिदिने, काम…

थप

काठमाडौ । युवतीहरुलाई ‘ब्ल्याकमेल’ गरेको अभियोगमा सिन्धुलीको तीनपाटन गाउँपालिका–८ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्दै आएका ३६ वर्षीय कमलप्रसाद अधिकारी पक्राउ परेका छन् ।  उनले फेसबुकमा ‘पाथीभरा माता’ नामक अकाउन्ट खोलेर युवतीहरुलाई ‘ब्ल्याकमेल’ गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले सामाजिक सञ्जालमा रोजगारीका विभिन्न खालका प्रचार गर्दै आएका थिए ।  रोजगारी दिलाउने बहानामा ‘फिटनेस चेकअप’ भन्दै युवतीहरुलाई नग्न फोटो तथा भिडियो पठाउन लगाएको साइबर ब्युरोका सूचना अधिकारी दीपकराज अवस्थीले जानकारी दिए । अधिकारीले नग्न फोटो तथा भिडियो पाएपछि युवतीहरुलाई ‘ब्ल्याकमेल’ गर्दै आएका थिए । प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

थप

स्पेन । नेपाल तथा भरतपुर भ्रमणका लागि स्पेनमा रहेका नेपालीहरुले निम्तो बाँडेका छन् । बार्सिलोना स्थित साग्रदा फामिलिया अगाडि बार्सिलोना नगरपालिका, साँस्कृतिक विभाग सँग सहकार्य गर्दै नेपाली जनप्रगतिशील मञ्च स्पेनको आयोजनामा आयोजित ´नेपाल पर्यटन प्रवर्द्धन तथा नेपाली नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रममार्फत नेपालीहरुले भ्रमणको निम्तो बाँडेका हुन् । ४ सय बढी विदेशी पर्यटकलाई भरतपुर भ्रमण वर्षको पीन समेत हस्तान्तरण गर्दै गन्तव्यबारे जानकारी गराएका छन् । कार्यक्रममा नेपाली विभिन्न जातजाती, भाषा संस्कृति झल्केका तमु समुदाय, मगर समुदाय,तामाङ समुदाय, क्षेत्री समुदाय, आर्य खस समुदायहरू, मोना स्पेन ,नेपाली पाठशालाका ससाना कलाकार नानिबाबुहरूले आ आफ्नो प्रस्तुतीहरू देखाएका थिए । करिव १० हजार…

थप

काठमाडौ । सशस्त्र प्रहरी बलका निरीक्षक (इन्स्पेक्टर) प्रकाश बहादुर चन्द्रविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्स्पेक्टर चन्दविरुद्ध मुद्दा दायर गरेको हो । सशस्त्र प्रहरी बल, ३६ नम्बर गण डोटी दरबन्दी भएका चन्दले नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको देखिएकाले मुद्दा दायर गरिएको अख्तियारको भनाइ छ । उनले भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरी परिचर पदमा नियुक्ति लिई त्यस पश्चातका माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेस गरेको खुल्न आएको अख्तियरका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । `हाल सशस्त्र प्रहरी निरीक्षक पदमा रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको र निजको…

थप

काठमाडौ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) विनोद शर्मा तानिएका छन् । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुवरले एसपी शर्मालाई हेडक्वाटर तानेका हुन् । सोमबार प्रहरी प्रधान कार्यालयले शर्मालाई सिन्धुली प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएको हो । उनको व्यवसायिक आचरणमा प्रश्न उठेपछि गृह मन्त्रालयकै निर्देशनमा उनलाई हटाइएको स्रोत बताउँछ । उनको २०८० फागुन १ गते सिन्धुलीमा सरुवा भएको थियो । तर, उनी ६ गते मात्र कार्यालयमा हाजिर भएका थिए । उग्र स्वभाव भएका एसपी शर्मा पटक पटक विवादमा आइरहन्छन् । उनको ठाउँमा प्रधान कार्यालयले अहिले कसैलाई पनि जिम्मेवारी दिएको छैन ।

थप

काठमाडौं । कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् । विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

थप

काठमाडौं । नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत १६ जना सम्पर्कविहीन भएका छन् । उनीहरु २०८० साल फागुन महिनामा मात्रै सम्पर्कविहिन भएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार २०८० फागुन २ गतेदेखि फागुन २४ गतेसम्म प्रहरी हवल्दार, जवान लगायत पदमा कार्यरत उनीहरु आफूखुसी कार्यालयमा गैरहाजिर भएका हुन् । बिना जानकारी सम्पर्कविहीन भएपछि उनीहरुलाई प्रहरी प्रधान कार्यालयले ७ दिने सूचना जारी गरेको छ । प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएकाले ७ दिने सूचना निकालिएको कार्यालयले भनेको छ । तोकिएको मितिमा चित्तबुझ्दो जवाफसहित कार्यालयमा हाजिर हुन नआएमा सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयको चेतावनी छ ।

थप

काठमाडौं । नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा सञ्चालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन उनी सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक प्रसाद राई, प्रहरी नायव महानिरीक्षक (डिआईजी) भीमप्रसाद ढकाललगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । हरेक वर्ष हुने हेड अफ एनसिबी कन्फरेन्स यस वर्ष वैशाख ११ देखि १३ गते सम्म फ्रान्सको लियोनमा सम्पन्न हुनेछ । कन्फरेन्समा प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंह समेत सहभागी हुनेछन् । हेड अफ एनसिबी कन्फरेन्समा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य…

थप