काठमाडौं । नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत १६ जना सम्पर्कविहीन भएका छन् । उनीहरु २०८० साल फागुन महिनामा मात्रै सम्पर्कविहिन भएका हुन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार २०८० फागुन २ गतेदेखि फागुन २४ गतेसम्म प्रहरी हवल्दार, जवान लगायत पदमा कार्यरत उनीहरु आफूखुसी कार्यालयमा गैरहाजिर भएका हुन् ।
बिना जानकारी सम्पर्कविहीन भएपछि उनीहरुलाई प्रहरी प्रधान कार्यालयले ७ दिने सूचना जारी गरेको छ । प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएकाले ७ दिने सूचना निकालिएको कार्यालयले भनेको छ ।
तोकिएको मितिमा चित्तबुझ्दो जवाफसहित कार्यालयमा हाजिर हुन नआएमा सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयको चेतावनी छ ।

Facebook Comments Box
