Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारी वकिल कार्यालयको अभियोग पत्रमै गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख भएको बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको बैठकपछि कांग्रेसका प्रमुख सचेतक लेखकले रुपन्देही सरकारी वकिलको कार्यालयले गृहमन्त्री लामिछानेले सहकारीबाट पटक-पटक ऋण लगेको अभियोग पत्रमा उल्लेख गरेको बताएका हन् । उनले ऋण प्रवाह हुँदा रवि लामिछाने गोर्खा मिडिया नेटवर्कको सञ्चालक, प्रवन्ध निर्देशक के के पदमा रहेको समेत बताए । उनले सर्वसाधारणको अर्बौं रुपैयाँ अपचलन भएको र सबै कोणबाट त्यसमा गृहमन्त्रीको पनि संलग्नता रहेको देखिएको दाबी गरे । प्रमुख सचेतक लेखकले रुपन्देही सरकारी वकिलले प्रस्तुत गरेको अभियोग पत्रमा प्रक्रियाबिनै सहकारीको पैसा लामिछाने प्रबन्ध…
पर्सा । प्रहरीले २ महिलालाई लागूऔषध गाँजासहित वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–२ की ४२ वर्षीया इन्द्रकुमारी चेपाङ र ४२ वर्षीया फुलमाया स्याङ्बो छन् । वीरगन्ज महानगरपालिका–२१ हनुमानचोकस्थित सडक खण्डमा प्रहरी चौकी परवानिपुरबाट खटिएको चेकिङ टोलीले सवारीसाधन जाँच गर्ने क्रममा शनिबार नारायणगढ चितवनबाट वीरगन्ज तर्फ आउँदै गरेको ना ४ ख ५९३७ नम्बरको सार्वजनिक बसमा जाँच गर्दा उक्त बसको पछाडिको सिटमा बसेका ती महिलाहरूको छेउमा राखिएको पिठ्युमा बोक्ने कालो रंङको २ वटा झोलाबाट उक्त लागूऔषध बरामद गरेको थियो । उक्त झोला भित्र हरियो प्लाष्टिकले बेरेर राखिएको १० किलो लागूऔषध गाँजा फेला परेको थियो । उनीहरुविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा…
काठमाडौं । कास्की प्रहरीले पर्यटकलाई हैरान पारेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापाका अनुसार सोमबार पोखरा महानगरपालिका–६ लेक साइड र हल्लन चोक क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् । पोखरा महानगरपालिका–६ डिहिकोपाटनका २६ वर्षीय सन्तोष श्रेष्ठ, लालुपाते मार्गका २५ वर्षीय मीनप्रसाद पौडेल, ३१ वर्षीय धनदेउ क्षेत्री, खहरे चोकका २५ वर्षीय सुशान्त क्षेत्री र २५ वर्षीय अमित भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले लेकसाईड र हल्लन चोक क्षेत्रमा नेपाली तथा विदेशी पर्यटकलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटेल मिलाइदिने भन्दै झोला तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक हैरानी दिएर…
काठमाडौं । अमेरिका भ्रमणमा रहेका जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले स्वदेश फर्किएका छन् । अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा भएको विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै गत शनिबार बेलुकी यादव अमेरिका गएका थिए । यादव मंगलबार मध्यराति बिहान १ बजे कतार एयरवेजको जहाजबाट काठमाडौं उत्रिँदा स्वास्थ्य मन्त्रालयका केही कर्मचारी र जसपा कार्यकर्ताले खादा र मालाले स्वागत गरेका थिए । तर, यादवको अनुहारबाट खुसी उत्रिएको थियो । यादव अमेरिकबाट काठमाडौं आइनपुग्दै जसपा विभाजन गरेर संघीय परिषद् अध्यक्ष अशोक राईले नयाँ दल खोलिसकेका छन् । जसपाका १२ मध्ये ७ सांसद राईले लगिसकेका छन् ।…
काठमाडौं । कञ्चनपुरमा नेपाल सशस्त्र प्रहरी बल (एपिएफ) ले विद्यालय सञ्चालनमा ल्याएको छ । शुक्लाफाँटा नगरपालिका(५ स्थित नेपाल एपिएफ विद्यालय झलारी सञ्चालनमा आएको हो । सोमबार एक कार्यक्रमबीच सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले विद्यालयको उद्घाटन गरे । सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कञ्चनपुरमा पहिलो पटक एपिएफ विद्यालय सञ्चालनमा ल्याएको सशस्त्र प्रहरी बल नं ३५ गण हेडक्वाटर शैलेश्वरीका प्रहरी उपरीक्षक (एसपी) प्रेमबहादुर रावलले जानकारी दिए । एसपी रावलकाअनुसार सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्रले शैक्षिक सत्र २०८१ देखि पठनपाठन सुरु गरेको हो । कक्षा चार र कक्षा पाँचको पठनपाठन सुरु गरिएको विद्यालयमा एक सय पाँचजना विद्यार्थी भर्ना भएका…
एसपी तानिएको विषयमा आईजीपी : गलत गर्नेमाथि कारबाही हुन्छ, अरुले होसियार भएर काम गर्नु !
काठमाडौं । सोमबार अर्थात हिजो प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्य र इलामका वासुदेव खतिवडाको जिम्मेवारी खोसेको छ । एसपी खतिवडालाई प्रहरी मुख्यालय बोलाइएको छ भने उनको स्थानमा एसपी प्रभु ढकालको काज सरुवा गरिएको छ । यस्तै आचार्यको ठाउँमा एसपी रमेश पण्डितको सरुवा भएको प्रधान कार्यालयले जनाएको छ । सिराहामा आचार्यलाई १ फागुन २०८० को सरुवामा पठाइएको थियो भने इलामका खतिवडाको पनि एक वर्ष अवधि नपुग्दै सरुवा गरिएको हो । उनीहरुलाई हटाउनुको कारणबारे प्रहरी प्रधान कार्यालयले बताएको छैन । त्यस्तै ठिक एक महिनाअघि २३ चैतमा प्रधान कार्यालयले ७ जना एसपीको जिम्मेवारी हेरफेर गरेको थियो…
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले नेपाल प्रहरीप्रति जनगुनासोमा कमी ल्याउन आचरण सुधार गर्नुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक कार्य प्रगति समीक्षामा उनले यस्तो बताएका हुन् । आईजीपी कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढीकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको कार्ययोजनामा आधारित रहेर चालु आर्थिक वर्षमा गरिएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताए । वार्षिक लक्ष्य हासिल गर्न कार्यान्वयनमा थप तीव्रता दिन आवश्यक रहेकोमा उनले जोड दिए । कार्ययोजनाअन्तर्गत तर्जुमा गरिएका योजना प्रतिवेदनहरूलाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताउदै उनले वार्षिक लक्ष्यअनुसार मातहत…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गरेका छन् । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको प्रणालीमा देखिएका समस्या, जनस्तरमा उठेका विषय र विभागले निर्वाह गर्नुपर्ने भूमिकालगायतका विषयमा केन्द्रित रहेर विभागका अधिकारीहरूसँग छलफल गरेका हुन् । छलफलमा प्रधानमन्त्रीले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताउँदै त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिएका थिए।‘सवारी चालक अनुमतिपत्रबारे बाहिर गम्भीर प्रश्नहरू उठेका छन् । यसमा जनताको गम्भीर आलोचना, असन्तुष्टि, आक्रोश देखिन्छ । खासगरी युवाहरूले समयमै सेवा नपाएको लगायतका गुनासो…
काठमाडौ । प्रहरी प्रधान कार्यालयले सिरहा र इलाम प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख रहेका एसपी वासुदेव खतिवडालाई प्रहरी मुख्यालय बोलाइएको छ भने उनको स्थानमा प्रभु ढकालको काज सरुवा गरिएको छ । यस्तै, सिरहामा पनि ३ महिनाअघि सरुवा भएका एसपी सन्तोष आचार्यको स्थानमा एसपी रमेश पण्डितको काज सरुवा गरिएको छ । आचार्यलाई प्रहरी मुख्यालय फिर्ता बोलाइएको हो । यसअघि प्रहरी मुख्यालयले सिन्धुलीको एसपीमा गोविन्दराज काफ्लेको काज सरुवा गरेको थियो । त्यहाँ कार्यरत एसपी विनोद शर्मालाई प्रहरी प्रधान कार्यालयमा तानिएको थियो ।
धनगढी । कैलालीमा पाँच लाख रुपैयाँभन्दा बढीका मोबाइल र पार्टपूर्जासहित भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका–४ ओमशान्ति टोलबाट ५ लाख ३२ हजार रुपैयाँ बराबरको अवैध सामानसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी बस्ने २३ वर्षीय आयुष गुप्ता रहेका छन्। सामसङ कम्पनीका ५८ वटा मोबाइल, नोकिया कम्पनीका ५२ मोबाइल, २६ प्याकेट ग्लास, चार्जर, ३७९ डिस्प्ले, २८० वटा सिमकार्ड ट्रे लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । अवैध सामानसहित पक्राउ परेका गुप्तालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ । उनको साथबाट बरामद सामान आवश्यक कारबाहीका लागि कैलाली…