काठमाडौं । अमेरिका भ्रमणमा रहेका जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले स्वदेश फर्किएका छन् ।
अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा भएको विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै गत शनिबार बेलुकी यादव अमेरिका गएका थिए ।
यादव मंगलबार मध्यराति बिहान १ बजे कतार एयरवेजको जहाजबाट काठमाडौं उत्रिँदा स्वास्थ्य मन्त्रालयका केही कर्मचारी र जसपा कार्यकर्ताले खादा र मालाले स्वागत गरेका थिए ।
तर, यादवको अनुहारबाट खुसी उत्रिएको थियो । यादव अमेरिकबाट काठमाडौं आइनपुग्दै जसपा विभाजन गरेर संघीय परिषद् अध्यक्ष अशोक राईले नयाँ दल खोलिसकेका छन् ।
जसपाका १२ मध्ये ७ सांसद राईले लगिसकेका छन् । तर एक सातामा नेपाल फर्किँदा यादवले पार्टी विभाजनको नराम्रो चोट खेपेका छन् ।
यादवको दल जसपा नेपाल अब प्रतिनिधिसभामा १२ सिटबाट घटेर ५ मा सीमित भएको छ ।
