Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौ । नेपाल प्रहरीको दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा भएको छ भने बिहीबार अर्थात आज एआईजीमा बढुवा भएका दुई जनाको पदस्थापना समेत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एआईजी सुदीप गिरीलाई पठाएको छ । उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए । त्यस्तै मानवश्रोत विकास विभागमा कार्यरत टेक प्रसाद राईको प्रशासन विभागमा सरुवा भएको छ । राईको ठाउँमा भीम प्रसाद ढकाललाई पठाइएको छ । यसैगरी उमेश राज जोशीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको प्रधानमन्त्रीको कार्यालयका एकजना उच्च अधिकृतले जानकारी दिए ।
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारमा पठाई दिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–२ घर भई हाल काठमाडौंको टोखा नगरपालिका बस्ने असिम नगरकोटी रहेका छन् । नगरकोटीले आकर्षक तलबको प्रलोभनमा पारी बेरोजगार युवायुवतिहरुलाई बैदेशिक रोजगारीमा पठाउने भन्दै ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट पक्राउ गरेको हो । नगरकोटीलाई कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ ।
सप्तरी । सप्तरीमा नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको हो । बिहीबार बिहान ३ बजेर १८ मिनेटमा घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । बिहान ६ बजेतिर घटनाको विषयमा प्रहरीले जानकारी पाएको थियो । डीएसपी न्यौपानेका अनुसार सीसीटिभी फुटेजमा एकजना व्यक्ति भित्र पसेर गार्डमाथि खुकुरी प्रहार गरी हत्या गरेर बैंकमा लुटपाटको प्रयास गरेको देखिएको छ । ‘त्यसपश्चात बैंकभित्र पसेर लकर, काउन्टर फुटाउने प्रयास गरेका छन् ।…
काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । यसअघि बढुवा समितिले ३ वैशाखमा जोशी र ढकाललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।
न्यायाधीशसँग सेटिङ गरेर मुद्दा जिताइदिने भन्दै २३ लाख ठगी, सोल्टीमोडबाट कार्की पक्राउ
काठमाडौं । न्यायाधीशसँग सेटिङ गरेर मुद्दा जिताइदिने र कारागारमुक्त गराइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ घर भएका ३७ वर्षीय कृष्ण कार्की रहेका छन् । कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोल्टीमोडबाट पक्राउ गरेको हो । उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ । भन्सार छलीको मुद्दामा कारागारमा रहेका लमजुङका बिलबहादुर गुरुङलाई छुटाइदिने भन्दै उनले ७ लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यस्तै जग्गा सम्बन्धीको मुद्दा मिलाइदिन्छु भन्दै धादिङ घर भएका भरत गुरुङसँग पनि २३ लाख रुपैयाँ ठगी गरेको आरोपपनि कार्कीमाथि छ…
चितवन कालिकाकी स्नेहा लामिछाने काठमाडौबाट बेपत्ता, खोजीमा सहयोग गरिदिन परिवारको अनुरोध
काठमाडौ । इन्जिनियरिङ अध्ययन गर्दै गरेकी २२ वर्षीया स्नेहा लामिछाने एक सातादेखि सम्पर्क विहीन भएपछि उनको परिवार चिन्तामा डुबेको छ । चितवनको कालिका नगरपालिका-६ घर भएकी स्नेहा पछिल्लो समय काठमाडौँको कलंकीमा मामाघरमा बस्दै आएकी थिइन् । उनी ललितपुरको सानेपामा रहेको सगरमाथा इन्जिनियरिङ कलेजमा पढ्ने विद्यार्थी हुन् । वैशाख ३० गतेबाट सुरु हुने पहिलो सेमेष्टरको परीक्षाको तयारीमा रहेकी उनी गत १९ गते विहान कलेजको लाइब्ररीमा किताव लिन जाने भन्दै घरबाट निस्किएकी थिइन् । छोरी बेपत्ता भएदेखि आमाबुबाको खुशी लुटिएको छ । स्नेहाका बुबाआमा भने चितवनमै बस्दै आएका छन् । तर, छोरी हराएपछि आमाबुबा सन्तानको खोजीका लागि काठमाडौमा भौतारिरहेका छन् । छोरीको…
बुटवल । भैरहवाको बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना भारतीय नागरिकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जनालाई प्रहरीले सोमबार बुटवलबाट पक्राउ गरेको थियो । पछिल्लो समय बुटवलको कालिकानगर होराइजनचोकस्थित शिवशंकर पथमा रहेको एक घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेवाजी गराउनेलाई इलाका प्रहरी कार्यालय बुटवल प्रहरीले प्रकाउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत, राजस्थान झुनझुन चिडवा पंचायत बस्ने बर्ष २५ को मुकेश कुमार, सोही स्थानका बर्ष ३३ को रबिन्द्र सिंह, भारत, उत्तर प्रदेश गोरखपुर, अस्करगंज पंचायत बस्ने बर्ष २६ को ओसिम खान, भारत, वयस्टबंगाल हुगली कोलकता सिटि बस्ने बर्ष २७…
काठमाडौँ । लामो समयदेखि श्रीलङ्काको जेलमा रहेका तीन नेपालीलाई आममाफी दिएर रिहा गर्न आग्रह गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आफ्ना समकक्षीलाई पत्र पठाएका छन् । पौडेलले श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई हालै पत्राचार गरेको शीतल निवास सम्बद्ध उच्च स्रोतले रातोपाटीलाई मङ्गलवार जानकारी दिएको छ । नेपाली नागरिक चेत बहादुर थापा, तेज बहादुर तामाङ र सुक बहादुर तामाङ लामो समयदेखि श्रीलङ्काको जेलमा छन् । उनीहरूलाई लागू औषध कारोबारमा संलग्न रहेको अभियोग लागेको छ । उनीहरूको सजाय मानवीय आधारमा आममाफीको अनुरोध गर्दै श्रीलङ्काली राष्ट्रपतिलाई पत्र पठाउन मन्त्रिपरिषद्ले राष्ट्रपति भण्डारीलाई सिफारिस गरेको थियो । ‘राष्ट्रपतिबाट पत्र पठाइसकेको छ, श्रीलङ्काली सरकारले के प्रतिक्रिया दियो त्यो चाहिँ…
काठमाडौ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न गठन गरिएको समितिले आफ्नो राय बुझाएको छ । गृह मन्त्रालयका सहसचिव भरतमणि रिजाल नेतृत्वको समितिले प्रतिवेदन अध्ययन गरेर राय बुझाएको हो । समितिको प्रतिवेदनमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)की तत्कालीन प्रमुख एआईजी किरण बज्राचार्यसहितका प्रहरी अधिकृतहरूलाई प्रहरी नियमावली–२०७१ र सहसचिव झलकराम अधिकारी समेतका कर्मचारीलाई निजामती सेवा ऐन–२०४९ अनुसार कारबाही गर्न भनिएको छ । समितिले आयोगको रिपोर्ट संक्षेपीकरण गरेर राय बुझाएको गृह प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनले भने, ‘विभागीय कारबाही सिफारिस भएकाहरूलाई कुन कानुनको कुन दफा अनुसार कारबाही गर्ने भन्ने राय उहाँहरूले दिनुभएको छ ।’…
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार भएका गितेन्द्र बाबु राई (जीबी)लाई पक्राउ गर्न कानुनी जटिलता रहेको बताएका छन् । साथै उनले सरकार र आफ्नो पहिलो प्राथमिकता सहकारी पीडितको बचत फिर्ता गर्ने नै रहेको दाबी गरेका छन् । मंगलबार सभामुखसहित शीर्ष नेताको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेको जीबी राईलाई नेपाल ल्याउनेबारेमा समेत राजनीतिक र कूटनीतिक पहल भइरहेको बताए । ‘पहिलो कुरा जीबी राईबारे कुराहरू बाहिर आइरहेका बेला भाग्न दिने जुन अवस्था सिर्जना भयो । के कारणले त्यो रोकिएन ?’, प्रश्न गर्दै लामिछानेले भने, ‘गइसकेको मान्छेलाई खोजी गर्ने कार्य जटिल छ…