काठमाडौ । इन्जिनियरिङ अध्ययन गर्दै गरेकी २२ वर्षीया स्नेहा लामिछाने एक सातादेखि सम्पर्क विहीन भएपछि उनको परिवार चिन्तामा डुबेको छ । चितवनको कालिका नगरपालिका-६ घर भएकी स्नेहा पछिल्लो समय काठमाडौँको कलंकीमा मामाघरमा बस्दै आएकी थिइन् ।
उनी ललितपुरको सानेपामा रहेको सगरमाथा इन्जिनियरिङ कलेजमा पढ्ने विद्यार्थी हुन् । वैशाख ३० गतेबाट सुरु हुने पहिलो सेमेष्टरको परीक्षाको तयारीमा रहेकी उनी गत १९ गते विहान कलेजको लाइब्ररीमा किताव लिन जाने भन्दै घरबाट निस्किएकी थिइन् ।
छोरी बेपत्ता भएदेखि आमाबुबाको खुशी लुटिएको छ । स्नेहाका बुबाआमा भने चितवनमै बस्दै आएका छन् । तर, छोरी हराएपछि आमाबुबा सन्तानको खोजीका लागि काठमाडौमा भौतारिरहेका छन् ।
छोरीको खोजीमा सहयोग हुने ठानेर उनीहरुले मिडियादेखि राज्यका केही व्यक्तिहरुलाई भेटघाट गर्दै सहयोगको हात फैलाइरहेका छन् । तर, उनी अहिलेसम्म पनि भेटिएकी छैनन् ।
विहानै घरबाट निस्केकी स्नेहाले ‘म घर फर्कर्दै छु, सामाखुशी पुगे’ भन्दै कलंकीमा उनीसँगै बस्नै भाईलाई फोन गरेर जानकारी गराएकी थिइन् । तर घर फर्कदैछु भनेर खबर गरेकी उनी घर नपुगेको एक साता वितिसकेको छ ।
CCTV रेकर्ड अनुसार कलङ्की भाटभटेनी नजिकै अन्तिम पटक उनको उपस्थिति देखिएको थियो । उनी कालो ट्राउजर र गुलाबी र सेतो ज्याकेटमा र पछाडि झोला बोकेकी थिइन् । त्यसपछि उनको फोन पनि स्वीच अफ छ ।
स्वीच अफ हुँदा उनको फोन एयरपोर्ट क्षेत्र पछाडि ट्रेस गरिएको थियो ।त्यसैले उनको खोजीमा सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ । यदी उनलाई फेला पारेमा प्रहरीलाई वा परिवारलाई सम्पर्क गरिदिनुहोला । 9865195466, 9855080491 (नेत्रबहादुर लामिछाने, अभिभावक)
