बुटवल । भैरहवाको बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना भारतीय नागरिकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जनालाई प्रहरीले सोमबार बुटवलबाट पक्राउ गरेको थियो ।
पछिल्लो समय बुटवलको कालिकानगर होराइजनचोकस्थित शिवशंकर पथमा रहेको एक घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेवाजी गराउनेलाई इलाका प्रहरी कार्यालय बुटवल प्रहरीले प्रकाउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारत, राजस्थान झुनझुन चिडवा पंचायत बस्ने बर्ष २५ को मुकेश कुमार, सोही स्थानका बर्ष ३३ को रबिन्द्र सिंह, भारत, उत्तर प्रदेश गोरखपुर, अस्करगंज पंचायत बस्ने बर्ष २६ को ओसिम खान, भारत, वयस्टबंगाल हुगली कोलकता सिटि बस्ने बर्ष २७ को समिम खान रहेका छन् ।
त्यस्तै भारत, राजस्थान सिक्कर, लक्ष्मणगढ पंचायत बस्ने बर्ष २५ को जुगल किशोर, सिक्कर खण्डेला पंचायत बस्ने बर्ष २७ को महेन्द्र चौधरी तथा सोही स्थानका बर्ष ३० को सिसराम चौधरी र भारत राजस्थान जयपुर जिल्ला अर्मडा पंचायत बस्ने वर्ष ३० को रोहित तास रहेका छन् ।
त्यसैगरि भारत राजस्थान हनुमानगढ रामपुर पंचायत बस्ने वर्ष २१ को भिमसेन चौधरी, भारत, राजस्थान झुनझुनु नवलगढ पंचायत बस्ने वर्ष २३ को मनोज कुमार, भारत, राजस्थान झुनझुनु जयपुर पंचायत बस्ने वर्ष २६ को अनिल चौधरी, सिक्कर श्रीमाधवपुर पंचायत बस्ने वर्ष २४ प्रदिप चौधरी र सोहि ठाउँका वर्ष २४ को प्रविन कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूले बुटवल उप-महानगरपालिका- ११ कालिकानगरस्थित अञ्जन शर्माको घरको पहिलो र दोस्रो तलाघर भाडामा लिईँ अनलाईन मार्फत अबैध रुपमा जुवा (सट्टेवाजी) संचालन गरेको भन्ने गोप्य सूचनाको आधारमा बुटवलका इन्चार्ज प्रहरी नायव उपरीक्षक विजयराज पण्डितको कमाण्डमा प्रहरी टोलीले १३ भारतीयहरुलाई पक्राउ गर्न सफल भएको हो ।
प्रहरीले जुवा सट्टेबाजीमा प्रयोग भएको ल्ययाप्टप थान १३, मोवाइल थान ३९, राउटर थान ४ लगायत विधुतिय उपकरणहरु बरामद गरी पक्राउ परेकाहरु उपर जुवा सट्टेबाजी शिर्षकमा मुद्दा दर्ता गरी रुपन्देही जिल्ला अदालतबाट पहिला पटक ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको पण्डितले जानकारी दिए ।
![नेपाल आएर जुवा (सट्टेबाजी) खेलाउँछन् भारतीय, पक्राउ परे १३ जना [नामसहित]](https://scoopkhabar.com/wp-content/uploads/2024/05/Screenshot_2024-05-07-18-11-36-545_com.facebook.katana-edit.jpg)