काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारमा पठाई दिने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–२ घर भई हाल काठमाडौंको टोखा नगरपालिका बस्ने असिम नगरकोटी रहेका छन् ।
नगरकोटीले आकर्षक तलबको प्रलोभनमा पारी बेरोजगार युवायुवतिहरुलाई बैदेशिक रोजगारीमा पठाउने भन्दै ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट पक्राउ गरेको हो । नगरकोटीलाई कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
