काठमाडौ । नेपाल प्रहरीको दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा भएको छ भने बिहीबार अर्थात आज एआईजीमा बढुवा भएका दुई जनाको पदस्थापना समेत भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एआईजी सुदीप गिरीलाई पठाएको छ । उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए ।
त्यस्तै मानवश्रोत विकास विभागमा कार्यरत टेक प्रसाद राईको प्रशासन विभागमा सरुवा भएको छ । राईको ठाउँमा भीम प्रसाद ढकाललाई पठाइएको छ ।
यसैगरी उमेश राज जोशीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको प्रधानमन्त्रीको कार्यालयका एकजना उच्च अधिकृतले जानकारी दिए ।
Facebook Comments Box
