Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीबाट १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ । शनिबार राति सुनसरीको हरिनगर गाँउपालिका–५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरीको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो । बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख ) र ५ सय दरको ८ सय थान (४ लाख ) रहेको सशस्त्र प्रहरीले जनाएको छ । रकमसँगै कार र चालक हरिनगर गाँउपालिका–५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारीलाई नियन्त्रणमा लिइएको छ ।यद्यपी उक्त रकमको…
काठमाडौ । प्रहरी प्रधान कार्यालयले ४ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) मा र ४ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) एसपी बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको बैठकले शुक्रबार राती एसपीलाई रिक्त एसएसपी र डिएसपीलाई एसपी पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । एसएसपीमा को को बढुवा भए ? एसपीमा को को बढुवा भए ?
प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गर्न प्रहरी कर्मचारीहरू सृजनशील हुनुपर्छ : आईजीपी कुँवर
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त बहादुर कुँवरले राज्यले सुम्पिएको जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गरी राष्ट्र र नागरिकलाई सकारात्मक योगदान दिन प्रहरी कर्मचारीहरू थप सृजनशील हुनुपर्ने बताएका छन् । हालै सरुवा भई आ-आफ्नो कार्यक्षेत्रमा खटी जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उनले यस्तो बताएका हुन् । प्रहरी महानिरीक्षक कुँवरले संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय भई खरो रूपमा उत्रन निर्देशन दिए । सबै प्रहरी कर्मचारीहरूले संगठनलाई विशिष्ट योगदान दिन व्यावसायिकता र निष्ठापूर्वक कार्यसम्पादन गर्नुपर्ने चर्चा…
काठमाडौँ । गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा तथा पदस्थापन गरेको छ । सहसचिव भरतमणि पाण्डेलाई कास्की सरुवा गरिएको छ । त्यस्तै रामचन्द्र तिवारीलाई सुनसरीको प्रजिअमा पदस्थापन गरिएको छ । मकवानपुरमा तिर्थराज चिलुवाल, अरुण पोखरेललाई नवलपरासी पूर्व र विष्णुप्रसाद कोइरालालाई पाँचथरको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । पश्चिम नवलपरासीमा स्कीम श्रेष्ठलाई पठाइएको छ । धादिङमा राजेन्द्रदेव पाण्डे, काभ्रेमा सूर्य प्रसाद सेढाईं, बर्दियामा रुद्रादेवी शर्मा, इलाममा कल्पना श्रेष्ठ, चितवनमा ईन्द्रदेव यादव र सिन्धुपाल्चोकमा भुपेन्द्र थापालाई सरुवा गरिएको छ । भोजपुरमा नरबहादुर थापा, कञ्चनपुरमा नारायण प्रसाद सापकोटा र सर्लाहीमा गोपाल कुमार अधिकारीलाई पठाइएको छ भने मेख बहादुर मग्रातीलाई…
चितवन । चितवनको स्मल हेभन बोडिङ स्कुल बसमा आगजनी गर्ने समुहका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । घटनाको १२ दिनपछि आरोपी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भरतपुरपुर महानगरपालिका-२५ घर भएका पुर्व जनमुक्ति मोर्चाका बिर्गेड कमाण्डर महाबिर भन्ने महेश चौधरी रहेका छन् । विप्लव माओवादीबाट छुट्टिएर उनले बिद्रोह संगठन अर्थात् नेकपा (माओवादी) खडा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । एउटा स्कुल बसको गाडी जलाएर तर्साउनको लागि उनको समूहले पैसा असुल्नको लागि यस्तो आतंककारी क्रियाकलाप गर्दै आएको चितवन प्रहरी प्रवक्ता नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिए । डीएसपी रिजालकाअनुसार आरोपी चौधरी काभ्रेको बुद्धचित्तको रुख काट्ने गिरोहको नाइके…
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी आज हुँदैछ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा सुनुवाइ हुन लागेको हो । लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सोमबार अदालतमा दर्ता भएको थियो । पहिले अदालत प्रशासनले दरपीठ गरेको रिट दर्ता गर्न न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेश दिएको थियो । भट्टराईको रिटमा गृहमन्त्री लामिछानेसहित महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई विपक्षी बनाइएको छ । लामिछाने पदमा रहिरहँदा छानबिनमा स्वार्थ बाझिने जिकिर रिटमा गरिएको छ।
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आईसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन् । क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका गएका हुन् । उनीहरु मंगलबार अमेरिका प्रस्थान गरेका हुन् । अध्यक्ष चन्द त आईसीसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन् । विश्वकप खेल्ने टिमका लागि आईसीसीले २५ जनाको खर्च र भत्ताको व्यवस्था गर्ने गर्छ । जसले गर्दा उनीहरु बिजनेस क्लासमा यात्रा गर्छन् भने अमेरिका बसाईको खर्च पनि आईसीसी नै व्यहोर्ने गर्छ । आईसीसीले क्यानलाई १५ जना खेलाडी, प्रशिक्षक र अफिसियलको कोटा उपलव्ध गराएको थियो । क्यानकै सदस्य दिवाकर…
काठमाडौ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुँदैछन् । सर्वोच्च अदालतको आदेशअनुसार गोरखाका पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् । न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सोमबार एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो। पाण्डे संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।
काठमाडौं । सशस्त्र प्रहरी बलको कल्याणकारी कोषको ३१ करोड रुपैयाँ भन्दा धेरै रकम खेर जाने जोखिम देखिएको छ । सशस्त्र प्रहरीले कल्याणकारी कोषबाट माली शान्ति मिसनका लागि भनेर बन्दोबस्तीका समान खरिद गरेकोमा अन्तिममा मिसन रद्द भएपछि खरिद गरिएका सामान बिग्रन थालेका छन् । महालेखा परीक्षकको ६१ औं प्रतिवेदनमा यो विषय उठाइएको छ । सशस्त्रले ३१ करोड १३ लाख रुपैयाँमा गाडीसहित २३ प्रकारका सामान खरिद गरेको थियो । एक सय ४० जनाको टोली मिसनमा खटिन तयारी अवस्थामा रहँदा राष्ट्रसंघले माली मिसन बन्द गरेपछि सशस्त्र प्रहरीलाई धक्का लागेको हो । यसरी खरिद गरिएका सामान हाल सशस्त्र प्रहरी मुख्यालयमै राखिएको छ । जसमध्ये…
काठमाडौं । तोरण शमशेर ज.ब.रा. नेपाल प्रहरीको प्रथम प्रहरी महानिरीक्षक अर्थात आईजीपी हुन् । २००७ सालको क्रान्तिपश्चात नेपालका विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरूलाई संगठित रूपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाइएको थियो । जतिबेला उनै तोरण शमशेर प्रहरी महानिरिक्षकका रूपमा नियुक्त भएका थिए । तर, तीन दिनभित्रै षड्यन्त्रको शिकार बने र दोस्रो महानिरीक्षकको रूपमा नर शमशेर जबरा नियुक्त भए । त्यसको ६ वर्षपछि तोरण शमशेर २० मे १९५६ देखि २० मे १९६० सम्म नेपाली सेनाको प्रधानसेनापति बने । उनी सेनापति बनेपछि आफ्ना पुर्ववर्तीझैं श्रीपेच लगाउन चाहन्थे, तर तत्कालिन…