काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी आज हुँदैछ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा सुनुवाइ हुन लागेको हो ।
लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सोमबार अदालतमा दर्ता भएको थियो ।
पहिले अदालत प्रशासनले दरपीठ गरेको रिट दर्ता गर्न न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेश दिएको थियो । भट्टराईको रिटमा गृहमन्त्री लामिछानेसहित महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता दीनमणि पोखरेललाई विपक्षी बनाइएको छ ।
लामिछाने पदमा रहिरहँदा छानबिनमा स्वार्थ बाझिने जिकिर रिटमा गरिएको छ।
Facebook Comments Box