Author: Scoop Khabar

काठमाडौं । भारतमा १८ औँ लोकसभा चुनावको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । ५४३ सिटका लागि भएको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले एकल बहुमत गुमाएको छ । तर, मोदी नेतृत्वको गठबन्धन नेसनल डेमोक्रेटिक अलायन्स- एनडीएले भने बहुमत प्राप्त गरेको छ । हिन्दूस्तान टाइम्सका अनुसार यसपटकको चुनावमा प्रधानमन्त्री मोदी नेतृत्वको एनडीएले २९५ सिट जितेको छ भने राहुल गान्धी नेतृत्वको इन्डिया गठबन्धनले २३१ सिटमा जित हासिल गरेको छ । त्यस्तै अन्य दलले १७ सिटमा जित हासिल गरेका छन् । ५ सय ४३ सदस्यीय लोकसभामा सरकार बनाउन २ सय ७२ सिट चाहिन्छ र त्यसका लागि एनडीएले आवश्यक सिट जितेको छ…

थप

वीरगन्ज । सीमावर्ती भारतीय बजार रक्सौल निवासी मुख्तार अलीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको अमरपट्टी प्रहरी चौकीमा तस्करीको लाइन खोलाउन गएका मुख्तारलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो । पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलका अनुसार प्रहरीलाई बदनाम गराउँदै हिँडेका रक्सौल निवासी मुख्तारलाई अमरपट्टीबाट पक्राउ गरिएको हो । सीमावर्ती क्षेत्रमा लामो समयदेखि अवैध कारोबारमा संलग्न रहेका मुख्तार पछिल्लो समय जिल्लाको एसपी र क्राइम टोलीसँग ‘सेटिङ’ भइसकेको भन्दै अवैध कारोबारमा संलग्नहरुसँग पैसा असुल्दै आएका थिए । ‘कपडा र किराना सामानको तस्करी गर्ने मुख्तारले जिल्लामा आएका नयाँ अधिकृतलाई यो नाकाबाट सामान पास हुँदैछ भन्ने गलत सूचना समेत दिन्थे,’ एक प्रहरी…

थप

काठमाडौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण तथा अवलोकन भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय तथा बिभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै प्रदेश प्रहरी कार्यालयको प्रहरी जनशक्ति परिचालन, अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको प्रस्तुतिकणको अवलोकन गर्नु भएको छ भने कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिए । उनले विपद्को घटनादेखि लिएर समाजमा हुने विभिन्न अपराधिक गतिबिधि नियन्त्रणमा नेपाल प्रहरीले पहिलो पंक्तिमा रही महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको बताउदै प्रहरीलाई श्रोत साधन सम्पन्न बनाए समाजमा शान्ति सुरक्षा प्रभावकारी हुनेमा आफु विश्वस्त रहेको कुरा बताए । मुख्यमन्त्री कार्कीले कुनै पनि नागरिक प्रहरी कार्यलयमा…

थप

जुम्ला । जुम्लामा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) को भिरबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत असई दिपक पोखरेलको ड्युटीको क्रममा भीरबाट लडेर मृत्यु भएको हो । सुर्खेत सिम्ता गाउँपालिका ६ जामुनेबजार घर भएका पोखरेल रात्री गस्तीको क्रममा बिहान चार बजेतिर भिरबाट लड्का मृत्यु भएको जनाइएको छ ।

थप

काठमाडौँ । जगन्नाथ ग्रुप अन्तर्गतको युरो पेन्ट्सले टी–२० विश्वकप खेल्न लागेको नेपाली क्रिकेट खेलाडीलाई प्रोत्साहन स्वरूप पुरस्कारको घोषणा गरेको छ ।  जसअनुसार खेलाडीले प्रतिरन ३०० रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रत्येक चौकामा १ हजार, छक्कामा ३ हजार तथा अर्ध सतकमा ५० हजार र शतकमा १ लाख पुरस्कार दिने कम्पनीले घोषणा गरेको छ ।  यस्तै विकेट लिएको खण्डमा प्रतिविकेट ३ हजार रुपैयाँ खेलाडीले पुरस्कार पाउनेछन् । कम्पनीका प्रबन्ध निर्देशक केल्बिन शर्माका अनुसार अमेरिका र वेस्ट इन्डिज आयोजित विश्वकपमा सहभागी टोलीको प्रोत्साहनका लागि क्यानलाई १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।  यसबाहेक नेपाली टोली सुपर ८ मा पुगेको खण्डमा २ लाख,…

थप

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने तारा बराल पक्राउ परेकी छन् । प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई आइतबार दिउँसो काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो । बराललाई साइबर कानुन वा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत पक्राउ गरिएको ब्युरोले जनाएको छ । व्यूरोले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट पाँच दिनको म्याद थप भएको छ । ‘विद्युतीय माध्यममा गैरकानुनी कुरा प्रकाशन गर्ने’ शीर्षकको यो दफामा विद्युतीय सञ्चार माध्यममा प्रचलित कानुनले रोक लगाएका, सार्वजनिक नैतिकता अनि शिष्टाचारविरुद्धका, कसैप्रति घृणा वा द्वेष फैलाउने, जातजाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने सामग्रीहरू प्रकाशन–प्रदर्शन गर्ने वा गर्न लगाउनेलाई एक लाख रुपैयाँसम्म जरिवाना, पाँच…

थप

काठमाडौं । प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा नेत्र बहादुर कार्कीलाई सरकारले कारबाहीको तयारी गरेको छ ।गत चैत १४ गतेदेखि बिना जानकारी सम्पर्कबिहीन भएका उनलाई गृह मन्त्रालयले कारबाहीको तयारी गरेको हो । एपीएफ अस्पताल, बलम्बु काठमाडौंमा दरबन्दी भएका कार्की बिदा स्वीकृत नगराई बिना सूचना लामो समयसम्म अनुपस्थित रहेर जिम्मेवारी एवं आचरण विपरितको कार्य गरेको देखिएको हुँदा उनलाई सशस्त्र प्रहरी नियमावलीअनुसार भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने तयारी भएको हो । यदि विभागीय सजाय गर्नु नपर्ने कुनै मनासिव कारण भए बाटोको म्याद ७ दिनभित्र सफाई पेश गर्न मन्त्रालयले निर्देशन पनि दिएको छ । उनको घर स्याङ्गजाको विरूवा गाउँपालिका…

थप

काठमाडौं । स्रोत नखुलेको ७२ लाख नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर पौवा डुग्मा गाउँपालिका घर भई न्युरोड बस्ने ५० वर्षीय भिमसेन विश्वकर्मा र १९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन् । उनीहरुलाई काठमाडौं महानगरपालिका-९ स्थित लुम्बिनी खाजा घर तथा गेष्ट हाउसबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो । उनीहरूबाट प्रहरीले ७२ लाख स्रोत नखुलेको रकम बरामद गरेको हो ।

थप

काभ्रे । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले काभ्रेको पनौतीमा निर्माणाधिन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन एवम् संरचनाहरूमा देखिएका समस्या समाधान एवम् चुनौतिको सामना गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताएका छन् । भारत सरकारको अनुदान सहयोगमा काभ्रेको पनौती न.पा.-६ दलिन्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणाधिन भवन तथा संरचनाहरूको आइतबार अनुगमन तथा निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले उक्त कुरा बताएका हुन् । सो क्रममा उनले समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माणमा संलग्न सबै सरोकारवालाहरूसँग समन्वयको आवश्यकतामा जोड दिए । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले निर्माणको क्रममा देखा परेका विविध समस्याहरूलाई सम्बोधन गर्न नेपाल प्रहरीसँग समन्वय गर्दै आइरहेको चर्चा गरे । निर्माण…

थप

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । पुर्जामाथि पूर्वमिस फिनल्यान्ड लोट्टा हिन्स्टाले यौन दुर्व्यवहारको आरोप लगाएकी हुन् । द न्यूयोर्क टाइम्ससँगको कुराकानीमा पूर्वमिस फिनल्यान्ड हिन्स्टाले आफूलाई काठमाडौंको एक होटलमा पुर्जाले दुव्यर्वहार गरेको जनाएकी छिन् । हिन्स्टाले आफ्नो पुस्तकमा पुर्जाको नाम उल्लेख नगरी आफ्नो सहमतिबिना एक व्यक्तिले चुम्बन गरेको उल्लेख गरेकी थिइन् । तर न्युयोर्क टाइम्सको कुराकानीमा भने ती व्यक्ति पुर्जा रहेको हिन्स्टाले बताएकी उल्लेख छ । पुर्जाले कफी पिउन लैजाने भनेर कोठासम्म लिएर गएको र जबरजस्ती चुम्बन गरेको र गोप्य अंगमा हातपात गरेको हिन्स्टाले टाइम्ससँग बताएकी छिन् । यस विषयमा पुर्जाले भने प्रतिक्रिया दिन नचाहेको…

थप