Author: Scoop Khabar

काठमाडौँ । साँखुबाट पठाओ चालकको मोटरसाइकल, मोबाइल र नगद लुटपाट गर्ने २ जना पक्राउ परेका छन् । प्रहरी प्रभाग साँखुले पठाओ चालक भक्तबहादुर खड्कालाई लुटपाट गर्ने वर्ष २३ का राहुल तामाङ र वर्ष २१ का मनिष कोइरालालाई पक्राउ गरेको हो । उनीहरुले यही साउन ९ गते बिहान ६ बजे काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर-८ नाउपाखा सामुदायिक वनमा मोरङ लेटाङ नगरपालिका वडा नम्बर-९ का खड्कालाई लुटपाट गरेका थिए । ललितपुर पाटन अस्पताल नजिकै बस्ने भक्तबहादुर खड्काले पठाओ गरी यात्रु लिई शंखरापुर नगरपालिका नाउपाखा सामुदायिक वनमा पुगेपछि तामाङ र कोइरालाले चक्कु देखाई उक्त पठाओ चालकको बाप ०२–०४३ प ९१२५ नम्बरको मोटर साइकल,…

थप

काठमाडौं । सशस्त्र प्रहरीमा दुई नायब महानिरीक्षक (डीआईजी) पद रिक्त हुन लागेका छन् । जसमा अहिलेदेखि नै लबिङ सुरु भएको छ । विस्वस्त स्रोतका अनुसार ६ जनाले दावी शुरु गरेका छन् । भदौको पहिलो साता लुम्बिनी प्रदेशका ५ नम्बर वाहिनीपति अभि खत्री र सुर्खेतस्थित ६ नं बाहिनीपति दुर्गा भट्टराई अवकाशमा जाने भएका छन् । उनीहरुको रिक्त पदमा बढुवा हुन अहिलेबाटै लबिङ शुरु भएको हो । सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी)हरु कृष्ण ढकाल, मनिष थापा, कृष्णराज पाठक, प्रवीण कँडेल, विनोद श्रेष्ठ, दीपेन्द्र कुँवरले लबिङ शुरु गरेका छन् ।

थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीति सेयर बजार र निर्माण क्षेत्रका लागि अपेक्षा गरेभन्दा लचिलो आएको छ । मौद्रिक नीतिमा बैंकर्स तथा विज्ञहरुले भने मिश्रित प्रतिक्रिया दिएका छन् । संस्थागत सेयर लगानीकर्ता तथा निर्माण व्यवसायीलाई राहत पुग्ने गरी आएको मौद्रिक नीतिले घरजग्गा व्यवसाय र बैंकमा थुप्रिएको रकम परिचालन गर्ने नीति नलिँदा अर्थतन्त्रमा आशातित सुधार हुन नसक्ने विज्ञहरुको टिप्पणी छ । मौद्रिक नीति बनाउन राष्ट्र बैंक स्वायत्त हुन्छ तर शुक्रबार सार्वजनिक नीतिमा व्यवसायीका माग मात्रै होइन राजनीतिक नेतृत्वले चाहेका कुरा पनि समावेश भएका छन् । राष्ट्र बैंकले व्यवसायीकै मागबमोजिम चालु पुँजी कर्जा मार्गदर्शन लागु गर्ने समय २०८२…

थप

काठमाडौं । नेपाल प्रहरीले लेखापालहरुको सरुवा गरेको छ।  शुक्रवार राती २८९ जना लेखापालहरुको सरुवा गरिएको हो। को कहाँ पुगे हेर्नुस्

थप

काठमाडौं । ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षका लागि सफल पर्यटन व्यवसायी दामोदर ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । मिसन नेपाल होलिडेजका प्रबन्ध निर्देशक ढकालले आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ढकालले बिहीबार सामाजिक सञ्जालमार्फत आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ढकालले आफू समावेशी टिम बनाएर निर्वाचनमा होमिने बताएका हुन् । ढकालले भनेका छन्, ‘यहाँहरू माझ टानको वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रम आउँदै छ । टानको २०१९– २०२२ कार्यकालमा सचिव पदमा रहेर काम गर्ने मौका दिनु भएकोमा यहाँहरूमा नमन । यस पटक यहाँहरूको दरिलो साथमा…

थप

काठमाडौ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना ज्यान गुमाएका पाँच शव परिवारले बुझेका छन् । को-पाइलट सुशान्त कटुवालसहित अन्य चार जनाका परिवारले शव बुझिसकेको अस्पतालले जनाएको छ । कतिपय मृतकका परिवारले भने क्षतिपूर्ति र बीमाको विषयमा सहमति नभएकोले शव बुझ्न मानेका छैनन्। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।

थप

काठमाडौं । गाडी दुर्घटनामा परी घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालि–१७ घर भएका सौगात थापा रहेका छन् । गत साउन २ गते मुस्लिम समुदायको मुहरम पर्वमा दंगा फैलने आशङ्काले विराटनगरको रानी क्षेत्रमा सुरक्षाबल थप गर्न प्रदेश प्रहरी कार्यालयको टोली जाँदै गर्दा भट्टी मोडमा प्रहरी चढेको गाडी नै दुर्घटनामा परेको थियो । सोही क्रममा उनीसहित साढे दुई दर्जनबढी प्रहरी घाइते भएका थिए । तर, जवान थापाको काठमाडौँस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा थापाको बिहीबार मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

थप

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै खोज तथा उद्धारमा खटिएका ५ प्रहरी अधिकारी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालले बुधबार भएको विमान दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्यसहितको ‘अत्यन्तै जोखिमपूर्ण दुर्घटनास्थलबाट उद्धार गरेर अदम्य साहससहित कर्तव्य पालन गरेको’ भन्दै उनीहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा डीएसपीद्वय सुकदेव खनाल, टेक राउत र प्रहरी जवानहरु श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशी छन् । उनीहरुलाई रेकर्डमा जोडिने गरी नगद पुरस्कारले पुरस्कृत गरिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले अनलाइनखबरलाई बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उड्ने वित्तिकै सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । त्यसक्रममा विमानमा सवार…

थप

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा मृत्युदण्डको सजाय सुनाइएका दुई जना नेपालीले सफाइ पाएका छन् । पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुंगाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापाले गएको बुधबार यूएईको अदालतबाट सफाइ पाएका हुन् । मृतकका परिवारलाई ब्लडमनीबापत् १ करोड १३ लाख बुझाएपछि श्रेष्ठ र थापा गत बुधवार यूएईको जेलबाट रिहा भएका हुन् । श्रेष्ठ बिहीबार स्वदेश फर्केका छन् भने थापाको पासपोर्टको म्याद सकिएका कारण यूएईमै छन् । उनी केही दिनभित्र नेपाल आउने उनका मामा तेजबहादुर आलेले जानकारी गराए । ३ जुन २०१९ मा नवलपरासीका बाबुराम आलेमगरको हत्या आरोपमा श्रेष्ठ र थापालाई यूएईको उच्च…

थप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले कांग्रेस र एमालेका नेताका नाममा करोडौँको कार्यक्रम गर्न नमन्दा नगरसभा बैठक रोकिएको आरोप लगाएका छन् । मेयर बालेनले सामाजिक सञ्जालमा लेख्दै कांग्रेस र एमालेले चार शहीदको नाममा कार्यक्रम गर्न नमानेको आरोप लगाएका हुन् । आफूले स्वतन्त्र सेनानीहरू, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको नाममा करोडौंको कार्यक्रम गरौं भने पनि कांग्रेस र एमालेले नमानेको मेयर बालेनले बताए । मेयर बालेनले लेखेका छन्, ‘एमाले कांग्रेसले वीपी कोइराला, मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गरौं भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौं…

थप