काठमाडौं । सशस्त्र प्रहरीमा दुई नायब महानिरीक्षक (डीआईजी) पद रिक्त हुन लागेका छन् । जसमा अहिलेदेखि नै लबिङ सुरु भएको छ । विस्वस्त स्रोतका अनुसार ६ जनाले दावी शुरु गरेका छन् ।
भदौको पहिलो साता लुम्बिनी प्रदेशका ५ नम्बर वाहिनीपति अभि खत्री र सुर्खेतस्थित ६ नं बाहिनीपति दुर्गा भट्टराई अवकाशमा जाने भएका छन् । उनीहरुको रिक्त पदमा बढुवा हुन अहिलेबाटै लबिङ शुरु भएको हो ।
सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी)हरु कृष्ण ढकाल, मनिष थापा, कृष्णराज पाठक, प्रवीण कँडेल, विनोद श्रेष्ठ, दीपेन्द्र कुँवरले लबिङ शुरु गरेका छन् ।
Facebook Comments Box
