काठमाडौ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना ज्यान गुमाएका पाँच शव परिवारले बुझेका छन् ।
को-पाइलट सुशान्त कटुवालसहित अन्य चार जनाका परिवारले शव बुझिसकेको अस्पतालले जनाएको छ ।
कतिपय मृतकका परिवारले भने क्षतिपूर्ति र बीमाको विषयमा सहमति नभएकोले शव बुझ्न मानेका छैनन्।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।
Facebook Comments Box
