Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
गुणस्तरीय स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको सहकार्यमा अघि बढिनेछ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गुणस्तरीय स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको सहकार्यमा अघि बढिने बताएका छन् । वीर अस्पतालको १३५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले स्वास्थ्य क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर रहेको भन्दै सबैको सहकार्यमा अघि बढिने बताए । उनले स्वास्थ्य संस्थाको विकासका लागि आफूले निर्देशन दिने नभई सहकार्य गर्न खोजेको जिकिर गरे । स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी सिर्जना गर्ने र राज्यको स्रोतले भ्याएसम्म सेवा सुविधा विस्तार गर्ने स्वास्थ्यमन्त्री पौडेलको भनाइ छ । स्वास्थ्यमन्त्री पौडेलले मन्त्री, कर्मचारी वा विभिन्न पदमा पुगेकाहरूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने भन्दै जनताका…
काठमाडौं । गोरखाको धार्चे-५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् । यसको थप विवरण आउन बाँकी छ । स्थानीयका अनुसार आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो । गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी दिए । उनका अनुसार खोर्लाबेसीबाट नेपाली सेना र आरुघाटबाट सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
काठमाडौ । कैलालीको अत्तरियामा अनैतिक कार्यमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् । शुक्रबार मात्रै इलाका प्रहरी कार्यालय मालाखेतीले एक जोडीलाई रंगेहात समात्न सफल भएको छ । गोदावरी नगरपालिका–१ मा रहेको पुजा होटलबाट अनैतिक कार्यमा संलग्न एक जोडी पक्राउ परेका हुन् । ३६ वर्षीय एक पुरुष र २१ वर्षीया एक महिला पक्राउ परेको प्रहरीले जनाएको छ । अत्तरियामा अनैतिक कार्य बढ्न थालेपछि इलाका प्रहरी कार्यालय मालाखेतीले मात्र नभएर जिल्ला प्रहरी कार्यालयले समेत विशेष निगरानी बढाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाका अनुसार यस्तो कार्य जताजतै भइरहेको गुनासो छ । यौन कार्यबाटै आम्दानी गर्ने र त्यसैबाट आफ्नो दैनिकी…
काठमाडौं । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्यूरोका नायब महानिरीक्षक (डीआईजी) डा. मनोज केसी सरुवा गरेको छ । भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी प्रतिक थापा र बेचन झा पक्राउ गरेका डीआईजी केसीलाई मन्त्रालयले सरुवा गरेको बताइएको छ । प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्यूरोका डीआईजी केसीलाई हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको हो । डीआईजी केसीले ब्यूरो इन्चार्ज भएर उनले २ महिना मात्र काम गरेका छन् । स्रोतका अनुसार बेचन झालाई पक्राउ गर्न सहयोग गरेको आशंकामा गृहमन्त्री रमेश लेखकले केसीलाई सरुवा गरेका हुन् । विशेष ब्यूरोमा डीआईजी राजन अधिकारीलाई पठाइएको छ ।
काठमाडौ । मोरङको विराटनगरमा गत साउन २ गते भएको गाडी दुर्घटनामा परी घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालि–१७ घर भएका सौगात थापा रहेका छन् । उनको काठमाडौँस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा थापाको बिहीबार मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गाडी दुर्घटनामा ज्यान गुमाएका प्रहरी जवान सौगात केही समयको लागि छुट्टी लिएर आफ्नो घर धरान जाने तयारीमा थिए । उनले आफ्नो मातहतको हाकिमलाई विदा स्वीकृत गरेर बसेको बताइएको छ । मुस्लिम समुदायको मुहरम पर्वमा दंगा फैलने आशङ्काले विराटनगरको रानी क्षेत्रमा सुरक्षाबल थप गर्न प्रदेश प्रहरी कार्यालयको टोली…
काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । वर्तमान सरकारले एक वर्षभित्रमा परिर्वतनको अनुभूति हुनेगरी काम गर्नुपर्नेमा उनले उल्लेख गरे । नेपाल पत्रकार महासंघ कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भने, ‘वर्तमान सरकारलाई असफल हुने छुट छैन, प्रधानमन्त्रीले पनि यसमा हामीलाई स्पष्ट दिशानिर्देश गर्नुभएको छ ।’ मन्त्री गुरुङले राजनीतिक स्थायित्वसहित सुशासन र विकासको गतिलाई तीव्रता दिन संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको बताए । ‘संसदीय अभ्यासमा प्रमुख दुई ठूला दलको सरकार विरलै बन्ने गर्छ, हामीले पनि यसलाई अन्तिम विकल्पका रुपमा प्रयोग गरेका हौँ,’ उनले भने, ‘यो…
ललितपुर । ललितपुरको इमाडोलमा शुक्रबार गरिएको यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने ६१ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ६७ वटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ६१ वटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो । सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्नका लागी ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लापसे, मापसे, यान्त्रिक चेकिङ लगायतका विशेष चेकिङहरु गर्दै आएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघलाई KOICA Nepal ले शैक्षिक सामग्री तथा न्यानो कपडा हस्तान्तरण गरेको छ । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा KOICA Nepal को सहकार्यमा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डपमा शुक्रबार आयोजित कार्यक्रमबीच शैक्षिक सामग्री तथा न्यानो कपडा हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले हस्तान्तरण गरिएका शैक्षिक सामग्री नेपाल पुलिस स्कुल सामाखुशी काठमाडौंमा अध्ययनरत अमर अशक्त प्रहरी परिवारका सन्तती तथा कमजोर आर्थिक अवस्था भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रदान गरिने बताइन् । साथै न्यानो कपडा नेपाल प्रहरी अस्पतालको कोल्ड वार्डमा उपचारार्थ रहनु भएका घाइते तथा बिरामीहरूलाई उपलब्ध गराउने प्रतिबद्धता समेत…
काठमाडौं । नेपाल प्रहरी अस्पतालको प्रमुख बन्न तीन जना प्राविधिक नायब महानिरीक्षक (डिआईजी) प्रतिस्पर्धामा उत्रिएका छन् । प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) आशा सिंहले गत बुधबार अवकाश पाएकी प्रहरी अस्पताल प्रमुख अर्थात् मेडिकल डाइरेक्टर एआईजीको पद खाली भएको छ । उनी साढे चार वर्ष नेपाल प्रहरी अस्पताल प्रमुख भएर काम गरेपछि उमेरहदका कारण अवकाशमा गएकी हुन् । १४ पुस ०७६ मा डा. आशालाई सरकारले प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारी दिएको थियो । अब अस्पतालको बागडोर समाल्न डिआईजीद्वय सुन्दर हाइजु, संजय बिक्रम श्रेष्ठ र गोपेशकुमार ठाकुर प्रतिस्पर्धामा उत्रिएका हुन् । मुख्यगरी तीन डिआइजीबीच एआईजी बढुवामा प्रतिस्पर्धा छ । अब उनीहरूमध्ये एकजना…
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीका उम्मेदवार कमला ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि समर्थन गरेका छन् । यसले ह्यारिसको उम्मेदवारीको सम्भावनालाई थप बल पुगेको छ । “यसै हप्ताको सुरुमा मिशेल र मैले साथी कमला ह्यारिसलाई फोन गरेका थियौँ । हामीले उहाँलाई भनेका थियौ, उहाँ संयुक्त राज्य अमेरिकाको एक शानदार राष्ट्रपति बन्नुहुनेछ र उहाँलाई हाम्रो पूर्ण समर्थन रहनेछ,” ओबामाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्। “हाम्रो देशका लागि यो महत्वपूर्ण क्षणमा नोभेम्बरमा उहाँले जित्ने सुनिश्चित गर्न सक्दो प्रयास गर्नेछौं । सम्पूर्ण अमेरिकी शुभचिन्तक र मतदाता हामीसँग सामेल हुनुहुनेछ भन्ने हामी पूर्ण आशा गर्छौँ।” प्रभावशाली पूर्वराष्ट्रपति डेमोक्र्याटिक पार्टीका अन्तिम ‘हेभी हिटर’हरू मध्ये…