काठमाडौं । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्यूरोका नायब महानिरीक्षक (डीआईजी) डा. मनोज केसी सरुवा गरेको छ ।
भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी प्रतिक थापा र बेचन झा पक्राउ गरेका डीआईजी केसीलाई मन्त्रालयले सरुवा गरेको बताइएको छ ।
प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्यूरोका डीआईजी केसीलाई हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको हो । डीआईजी केसीले ब्यूरो इन्चार्ज भएर उनले २ महिना मात्र काम गरेका छन् ।
स्रोतका अनुसार बेचन झालाई पक्राउ गर्न सहयोग गरेको आशंकामा गृहमन्त्री रमेश लेखकले केसीलाई सरुवा गरेका हुन् ।
विशेष ब्यूरोमा डीआईजी राजन अधिकारीलाई पठाइएको छ ।
Facebook Comments Box
