Author: Scoop Khabar

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रमुख रहेका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई फिर्ता बोलाउने निर्णय गरिएको छ । प्रहरी उपरीक्षक थापालाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले जानकारी दिए । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले उनलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । त्रुटिपुर्ण अनुसन्धान गरेको निष्कर्ष र आयोगको सिफारिसको आधारमा उनलाई नुवाकोटबाट फिर्ता बोलाउने निर्णय गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत रहँदा ६० किलो सुनको अनुसन्धान नेतृत्व एसपी थापाले गरेका थिए ।

थप

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत २ जना नायब उपरीक्षक (डिएसपी) प्रहरी प्रधान कार्यालय तानिएका छन् । सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेसँगै डिएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाल प्रहरी प्रधान कार्यालय तानिएका हुन् । यस्तै, सिआइबी प्रमुख किरण बज्राचार्यलाई नेपाल प्रहरीको कार्यालय कार्यविभागमा सरूवा गर्ने निर्णय भएको छ । सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि बज्राचार्यलाई सीआईबी प्रमुखबाट हटाइएको हो।

थप

काठमाडौं । प्रहरीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुनलाई पक्राउ गरेको छ । पुन राजधानीको टोखाबाट पक्राउ परेका हुन् । सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको स्रोतले जनायो ।

थप

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सीआईबी प्रमुखमा ज्ञवालीलाई पठाउने निर्णय गरेको हो । यसअघि सीआईबी प्रमुख रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिइएको छ । सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी भएको थियो ।

थप

काठमाडौं । यतिबेला सर्लाही प्रहरीको ध्यान फरार अपराधीमा केन्द्रीत छ । वर्षौंअघि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो । जिल्ला अदालतको बेरुजु फछ्र्यौट गर्न र फैसला कार्यान्वयन गराउन जिल्ला प्रहरी कार्यालय सर्लाहीले शुक्रबार मात्रै २०२ फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ । उनीहरूलाई शुक्रबार नै अदालतमा हाजिर गराइ कैद भुक्तानीका जेल चलान गरिएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवालीले जानकारी दिए । पक्राउ पर्नेमा कुटपिट, मानव बेचबिखन, सवारी ज्यान, लागूऔषध, जबरजस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्धविच्छेद, भ्रष्टाचार, जुवा र गाली बेइज्जती मुद्दासँग सम्बन्धित…

थप

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध नेपाली कांग्रेसले सदनमा उठाएको विषयमा जवाफ दिन तयार रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा बोल्दै गृहमन्त्री लामिछानेले भने, ‘कांग्रेसले के विषय उठाएको हो ? कस्तो विषय हो ? कस्तो उजुरी हो ? यसको वास्तविकता के हो ? कहाँ छ, के छ भनेर म जवाफ दिन तयार छु । सदनमा मौका पाएँ भने कांग्रेसलाई जवाफ दिन तयार रहेको बताउँदै गृहमन्त्री लामिछानेले म उहाँहरुलाई राम्रोसँग यो कुरा बताउन तयार रहेको बताए । गृहमन्त्री लामिछानेले कांग्रेसले आफूविरुद्ध नाराबाजी गर्दै सदन अवरोध गरेको भन्दै कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले सदनमा त्यस्तो गरिरहन्छ भन्ने नलागेको बताए…

थप

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छन् । शुक्रबार बिहान गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दाहाललाई आयोगले तयार पारेको प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले, कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औंल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन उपप्रधान एवं गृहमन्त्रीलाई निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेका छन्। आयोगले बिहीबार गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्य…

थप

काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व एआईजी समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठले पार्टीका महामन्त्री विक्रम पाण्डेसहित पाँच जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । आफूमाथि पार्टी कार्यालयभित्रै सांघातिक आक्रमणमा गरेको भन्दै श्रेष्ठले पाण्डेसहित पाँच जनाविरुद्ध प्रहरी वृत महाराजगञ्जमा उजुरी दिएका हुन् ।पार्टी महामन्त्री पाण्डेको योजनामा आफूमाथि आक्रमण गरिएको श्रेष्ठको दावी छ । प्रहरीले घटनाबारे अनुसन्धान गर्न सिसिटिभी फुटेज संकलन गरिसकेको जनाएको छ । आइतबार कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठले भ्रष्टाचारी भनेपछि पाण्डेसँग चर्काचर्की भएको थियो । लगत्तै बाहिरिएका पाण्डेका समर्थकहरुले बिहान बैठकपछि खाना खान निस्कने क्रममा आफूमाथि आक्रमण भएको श्रेष्ठले बताएका छन् । सामाजिक सञ्जालमा…

थप

काठमाडौं । ओभरलोड बोकेर नेपालमा निर्वाद रुपमा सञ्चालन हुने भारतीय ट्रकका कारण नेपाली ट्रक व्यवसायी धरापमा पर्दै गएको यातायात व्यवसायीले बताएका छन् । नियम कानून विपरित ओभरलोड बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न ट्रक व्यवसायीले सरकारसंग जोडदार माग समेत गरेका छन् । राप्ती अञ्चल संयुक्त ट्रक यातयात व्यवसायी समितिको २१ औं बार्षिक साधारण सभा तथा १४ औँ अधिबेशनमा बोल्ने यातायात व्यवसायीले यातायात व्यवसायीका समस्या सरकारले सम्बोधन गर्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले नेपालका तिनै तहका सरकारले यस क्षेत्रको लागी कानून बनाउन आवश्यक रहेको बताए । नेपाल ट्रक यातायात व्यवसायी…

थप

काठमाडौ । एकनारायण अर्याललाई गृह सचिवको जिम्मेवारी दिइएको छ । सोमबार मन्त्रिपरिषद्को बसेको बैठकले अर्याललाई गृह सचिव बनाउने निर्णय गरेको हो । हालका गृहसचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

थप