काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नराख्ने घोषणा गरेका छन् ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म कुनै पनि पार्टीका बैठक सरकारी निवास बालुवाटारमा नराख्ने घोषणा गरेका हुन् ।
एमालेले आज सचिवालय बैठक बोलाएको छ । तर, सोमबार राति आएको भीषण वर्षाले पार्टी मुख्यालय च्यासलमा पानी पसेपछि आजको बैठक होटल बसेरामा राखिएको छ । उनले लेखेका छन्, ‘शुभ बिहानी ।
सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु ।
आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला।`
