Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
भागेर ज्यान जोगाएका ८ वर्षीय छोरा भन्छन्, ‘पहिला आमालाई मारे त्यसपछि मलाई पनि मार्न खोजे’
काठमाडौं । मोरङको बेलबारीमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका-१ का ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्यापछि आत्महत्या गरेका हुन्। मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रन्जनकुमार दाहालका अनुसार बमबहादुरले बुधबार बिहान १:४० बजेतिर दाउ प्रहार गरेर पत्नी गीताको हत्या गरेका थिए । दाउ प्रहारबाट टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको थियो । पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको डिएसपी दाहालले बताए । घाँटी रेटेर गम्भीर घाइते अवस्थामा बमबहादुरलाई प्रहरीले फेला पारेको थियो । उनलाई उपचारको लागि विराटनगरको नोबेल अस्पताल…
काठमाडौं । पाँचथरमा चट्याङ लागेर एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको चट्याङ लागेर मृत्यु भएको हो । गएराति ११ः२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए । चौकीमा रहेका अन्य प्रहरीले तत्कालै माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्याएका थिए । ‘प्राथमिक उपचारपश्चात् थप उपचारका लागि मध्यरात जिल्ला अस्पताल पुर्याएका थियौँ । चिकित्सकले करिब राति १२ बजे माझीलाई मृत घोषित गरेका थिए’, प्रनि कुशवाहाले भने । उनका अनुसार प्रहरी सहायक…
काठमाडौँ । नेपाल प्रहरीका एक हजार ३०८ जना प्रहरी जवानहरुलाई सहायक हवल्दार पदमा बढुवा गरिएको छ । बढुवा समिति बैठकको निर्णय अनुसार मंगलबार उनीहरुलाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरिएको हो । जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरुलाई सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । को को बढुवा भए हेर्न यहाँ क्लिक गर्नुहोस् ।
काठमाडौं । सर्लाही प्रहरीले २ जना ‘मोस्टवान्टेड’ भारतीय डाँकाहरुलाई अमेरिकन पेस्तोल र सोको ६ राउण्ड गोलीसहित पक्राउ गर्न सफल भएको छ । विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट सादा पोशाकमा खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार प्रदेश जिल्ला सितामढी थाना सैयारा ग्राम सैयाराका २८ वर्षीय सन्नी कुमार सिंह र सोही ठाउँका मोतिहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र कुमार राउत रहेका छन् । उनीहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीले केही राउण्ड गोली प्रहार गरेको थियो । सर्लाहीको बरहथवामा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गर्दा प्रहरीको हतियार…
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्डहरू पक्राउ परेपछि सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतमा दर्ता गरेका छन् । सोमबार हतियारसहित सर्वोच्च अदालत प्रवेश गरेका प्रसाईंका दुवै बडीगार्डलाई तत्काल रिहा गर्नुपर्ने माग गरिएको छ । बडीगार्डहरू दीपक खड्का र रामकुमार धिमाललाई प्रहरीले पक्राउ गरेको छ । अदालतमा रिटमाथिको प्रारम्भिक सुनुवाइका लागि भोलि बुधबार पेशी तोकिएको छ । इजाजत प्राप्त हतियार बोकेर हिँड्दा पक्राउ गरिएको भन्दै तत्काल थुनामुक्त गर्न माग गरिएको छ ।
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता गठबन्धनबाट पूरै कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रधानमन्त्री हुन सक्ने संकेत गरेका छन् । प्रेस चौतारी कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको भन्दै यस्तो संकेत गरेका हुन् । ओलीले एमालेबाट अरू प्रधानमन्त्री बन्न अगाडि नसरेको पनि बताए । ‘अहिले मलाई त्यति मन पनि लागेको छैन । अरू केही एमालेबाट अगाडि पनि सरेका छैनन् । के गर्ने त उहाँ नै खानुहोला जस्तो पो देखिन्छ त’‚ ओलीको भनाइ छ । २१ फागुनमा पाँचदलीय नयाँ सत्ता गठबन्धन बने पनि प्रधानमन्त्रीका सन्दर्भमा भएको…
काठमाडौं । आफू बस्ने सरकारी निवासमा आगजनी गरेको आरोपमा दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ परेका छन् । गत फागुन २४ गते राति आफ्नो सरकारी निवासमा अज्ञात समूहले आगजनी गरेको र आफू झ्यालबाट हामफालेर बाँचेको भन्दै प्रमुख प्रशासकीय अधिकृत प्रहरीकोमा पुगेको थियो । तर अनुसन्धानका क्रममा अधिकारी आफैँले सरकारी निवासमा आगजनी गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । प्रहरी निवासमा आउँदा झ्यालको सिसा फुटेको र निवासभित्र आगलागी भइरहेको थियो । तर, प्रहरी अनुसन्धानमा घटनामा कुनै वाह्य व्यक्ति संलग्न भएको नभेटिएको बताइएको छ । सरकारी सम्पत्तिमा क्षति पुर्याएको भन्दै गाउँपालिकाले नै अधिकारीविरुद्ध जाहेरी दिएको छ । जाहेरीपछि उनलाई…
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा एक युवकले आत्महत्या गरेका छन् । गत बुधबारदेखि सम्पर्कविहीन अछामको रामारोशन गाउँपालिका–४, बाटुलासेनका १८ वर्षीय मनोज खनालले झुण्डिएर आत्महत्या गरेका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा आत्महत्या गरेको देखिएपनि थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ । प्रहरीले उनको गोजीबाट ‘सुसाइड नोट’ पनि फेला पारेको छ। मनोजले सुसाइड नोटमा गृहमन्त्री रवि लामिछाने, बुबा–आमा र भाइलाई सम्बोधन गरेका छन् । उनले २०८४ सालमा रवि प्रधानन्त्री भएको हेर्ने इच्छा भएर तर नपाएको उल्लेख गरेका छन् । गृहमन्त्री लामिछानेलाई आफ्नो परिवारलाई सान्त्वना दिन भन्दै आग्रह गर्दै उनले आफ्नो भाइको एमबीबीएस पढ्ने कित रवि लामिछाने जस्तै नेता बन्ने इच्छा रहेको र…
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४ बस्ने ४१ वर्षीय तेजबहादुर राई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । रेग्मीकाअनुसार निज व्यक्ति २०५९ सालमा सञ्जय शाहीको हत्या गरी फरार रहेका थिए । शहीको २१ वर्षअघि काठमाडौं महानगरपालिका–१९ मरुढोका इनाटोलमा रहेको एक पशु बधशालामा मापसे गरी झगडा पर्दा राईले हत्या गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं । प्रहरीले १६ वर्षपछि हत्याका योजनाकार महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । ती महिलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङ साविक बुढाथुम गाबिस–३ हाल गङ्गा जमुना नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सबिता थापा (अधिकारी) रहेको कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार विसं २०६४ असार २६ गते ललितपुरको तत्कालीन ललितपुर उपमहानगरपालिका–२२ शङखमुलस्थित ललितपुर इमाडोल घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको र सोही घटनाका योजनाकार थापालाई १६ वर्षपछि पक्राउ गरी सार्वजनिक गरिएको हो । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको प्राध्यापक…