काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल वायुसेवा निगमको ह्यांगरमा आगलागी भएको छ । शनिबार राति विमानस्थलभित्र रहेको निगमको ह्यांगरमा लागेको आगो ३६ मिनेटपछि नियन्त्रयणमा आएको थियो ।
ह्यांगरमा २ बजेर ४३ मिनेटमा लागेको आगो ३ बजेर १९ मिनेटमा मात्रै नियन्त्रणमा आएको विमानस्थल कार्यालयका एक अधिकारीले जानकारी दिए । यद्यपि आगलागीको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगमले प्रतिक्रिया दिन चाहेनन् ।
उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आगलागीको कुनै जानकारी नआएको र त्यस विषयमा कुनै सूचना पनि नभएकोले बुझ्नु पर्ने बताए । तर विमानस्थल स्रोतले भने निगमको ह्यांगलमा भएको आगलागी नियन्त्रणका फायर डिभिजनबाट एउटा दमकल गएर आगो नियन्त्रणमा लिएको दाबी गरे ।
