काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न ब्रान्डका २९ थान मोबाइल सेट फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
भरतपुर आसपासका सर्वसाधरणहरूले आफ्ना मोबाइल हराएको भनी निवेदन दिएसँगै खोजतलास गरिरहेको प्रहरीले यो सातामा मात्र २९ थान मोबाइल फेला पारेर आइतबार धनीको जिम्मा लगाएको हो ।
यसरी हस्तान्तरण गरिएका मोबाइल एप्पल, सामसङ, ओप्पो लगायत कम्पनीका छन् ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) भेष राज रिजालका अनुसार मोबाइल हराएको भनि प्राप्त भएका निवेदनको सम्बन्धमा खोजतलास परिपत्र गरी चितवन जिल्लासहित विभिन्न जिल्लामा अन्य व्यक्तिले चलाइरहेको अवस्थामा हराएका २९ थान मोबाइलहरू फेला पारिएको थियो ।
मोबाइलहरुको खोजतलास एवं अनुसन्धान गर्दै जाने क्रममा २३ वटा हराएका मोबाइल फेला पारी सम्बन्धित मोबाइल धनीहरुलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी समेत रहेका रिजालले बताए ।
