काठमाडौं । बाँकेमा ट्रकको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रकको ठक्करबाट सुर्खेत भेरीगंगा नगरपालिका- ९ घर भइ हाल प्रहरी चौकी कपुरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र विक रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका विकको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
शनिबार बाँकेको बैजनाथ गाउँपालिका ५ जिगाउँचोकमा भे१क २०६२ नम्बरको ट्रकले विकले चलाएको बा.प्र०३-००५-प २०५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा अर्का एक जना पनि घाइते छन् । उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
