Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले यस वर्षको होली पर्व सभ्य एवं सुरक्षित रूपमा मनाउन अनुरोध गरेको छ । होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन अनुरोध गरेको हो । चितवन प्रहरीले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ । भोलि आइतबार पहाड र सोमबार तराईको होली पर्व परेकोले राजमार्गदेखि भित्री सडकसम्म निगरानी बढाएर प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको हो । चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भावेश रिमालले होली पर्व आम नेपालीहरूको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रूपमा मनाउन आग्रह गरे । प्रहरीले कुनै उच्छृङ्गल गतिविधि हुन सक्ने भएकोले चितवनका राजमार्गदेखि भित्री सडकसम्म भोलि बिहानदेखि…
काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफ्नो मन्त्रालयले सोमबारदेखि एक्सन थाल्ने बताएका छन् । वर्तमान सन्दर्भमा रास्वपाको रणनीतिक विषयमा छलफल कार्यक्रममा बोल्दै खेलकुदमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले खेलकुदभित्र फैलिएको जरा तोड्नेगरी काम गर्ने बताए । मन्त्री श्रेष्ठले भने, ‘हामीले खेलकुद मन्त्रालयमा धेरै काम सुरु पनि गरेका छौं । अब सोमबारदेखि धेरै एक्सनहरु पाउनुहुनेछ । त्यो पनि गर्दैछौं । गृहमन्त्रीज्यूले सार्वजनिक जग्गाको कुराहरु गर्नुभएको छ । खेलकुदमा पनि स्काउटका धेरै सार्वजनिक जग्गा लुटेर बसेका रहेछन् मान्छेहरु । पैसा पनि नदिने, अदालतमा मुद्दा हाल्ने र स्टे अडर लिएर निःशुल्क जस्तो चलाइरहेका छन् । राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको छ…
काभ्रे । काभ्रको बनेपाबाट कौडा खेलिरहेको अवस्थामा पाँचजना पक्राउ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार राति पौने १२ बजे धुलिखेल नगरपालिका-९ ढुङगाखानीस्थित शुसिल रानाभाटले सञ्चालन गरेको शुभान होटेलको १०२ नम्बर कोठाबाट उनीहरुलाई पक्राउ गरिएको हो । केही मानिसहरु जम्मा भई कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट २० हजार ६८० रुपैयाँ बरामद गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
तालिममा प्राप्त गरेका सीप व्यावसायिक जीवनमा मात्रै नभई व्यक्तिगत जीवनमा पनि उपयोगी हुन्छ : आईजीपी कुँवर
काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले तालिमको अवधिमा प्राप्त गरेका सीप र कौशल प्रहरीको व्यावसायिक जीवनमा मात्रै नभई व्यक्तिगत जीवनका अन्य कयौँ पक्षमा समेत उपयोगी र लाभदायक हुने बताएका छन् । नवलपरासी पश्चिम, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित नवौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोहमा बोल्दै आईजीपी कुँवरले सो कुरा बताएका हुन् । आईजीपी कुँवरले विविध युक्तिकला, हातहतियार र विष्फोटक पदार्थ ह्याण्डलिङ जस्ता पक्षहरूमा मात्र पोख्त नभई विशेष परिस्थितिहरू एवम् शारीरिक तथा मानसिक थकानले प्रस्तुत गर्ने चुनौतिहरूको समेत सामना गर्न योग्य विशेष क्षमताले सुसज्जित यस तालिम प्राप्त गर्ने प्रहरी कर्मचारीहरू…
साथी भेट्न भन्दै घरबाट निस्केकी सुमनालाई स्कुटर सिकाउने बहानामा बोलाएर प्रेमीले गरेका थिए हत्या
काठमाडौ । सुनसरी धरान-१६ की २१ बर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै प्रेमीलाई पक्राउ गरि शुक्रवार सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गर्दे सुनसरी प्रहरी प्रमुख तथा एसपी विपिन रेग्मीले सोही ठाउँकै १९ बर्षीय सविन भन्ने बाबुराम भुजेलले सुमनाको हत्या गरेको जानकारी दिए । पक्राउ परेका भुजेललाई पनि सार्वजनिक गर्दै एसपी रेग्मीले अनुसन्धानको लागि ७ दिनको म्याद थप गरिएको बताए । एसपी रेग्मीकाअनुसार अभियुक्त भुजेललाई घटनाबारे जानकारी पाएको २४ घण्टा पनि नबित्दै धनकुटाको मुलघाटमा लुकीछिपी रहेको अवस्थामा बिहीबार पक्राउ गर्न प्रहरी सफल भएको हो । आरोपी भुजेलको साथबाट मृतक सुमनाले प्रयोग गर्ने मोवाइल…
काठमाडौ । बारा प्रहरीले होली पर्वलाई सभ्य,शिष्ट,स्वस्थकर र मर्यादित तवरले मनाउन अनुरोध गरेको छ । बिहीबार एक सुचना जारी गर्दै प्रहरीले आत्मीय रुपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र ‘होली खेलौँ’ भनेको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) दधिराम न्यौपानेले जारी गरेको सुचनामा होली पर्वको नाममा मादक पदार्थको सेवन गरी उच्छृङ्खल क्रियाकलाप नगर्न अनुरोध छ । सूचनामा भनिएको छ – ‘असभ्य र अश्लिल किसिमको होलीका नबजाऔँ र साँझ अवेला सम्म होली नखेलौं । ध्वनी प्रदुषण हुने गरी र मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको चर्को आवाजमा साउण्ड सिस्टम आदिको प्रयोग नगरौँ ।’ यस्तै कसैको ईच्छा विपरित रंग, लोला,मोविल, मोसो, केमिकल…
काठमाडौं । बुधबार सुनसरीको धरान-१८ मा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन नजिकै मृत अवस्थामा भेटिएकी सुमना श्रेष्ठको हत्या उनकै प्रेमीले गरेको पुष्टि भएको छ । प्रहरीले श्रेष्ठको हत्यामा संलग्न युवकलाई पक्राउ गरिसकेको छ । २४ घण्टा बित्न नपाउँदै प्रहरीले हत्यामा संलग्न युवकलाई धनकुटाबाट पक्राउ गर्न सफल भएको हो । ती युवकलाई धनबुटाबाट धरान ल्याइसकेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रेम सम्बन्धमा धोका दिएपछि ती युवकले सुमनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या गरी फरार भएका भुजेल थरका युवकलाई बिहीबार धनकुटाबाट पक्राउ गरी धरान ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीले तालिमप्राप्त कुकुरको सहायतामा घटनाको…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंका शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बागमती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्ध तथा अतिरिक्त जिम्मेवारीका रुपमा कागेश्वरी, गोकर्णेश्वर तथा शंकरापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौं नयाँ सहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृत कार्कीले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार, कार्की विं.सं. २०५८ साउन १६ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए । आयोगले विं.सं. २०७९ चैत ३० गतेसम्मको सम्पत्तिका बारेमा अनुसन्धान गरेको छ । सो अवधिमा कार्कीको कूल आम्दानी…
काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को ट्रेलर रिलिज भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच फिल्मको ट्रेलर रिलिज गरिएको हो । कमेडी फ्लेवरमा तयार पारिएको ट्रेलरमा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी लगायतका कलाकारले प्राथमिकता पाएका छन् । फिल्मलाई बलिउड कमेडीयन कपिल शर्माले सफलताको शुभकामना समेत दिएका छन् । निर्देशक बस्नेतले ‘बद्री बहादुर’ दर्शकले मन पराउनेमा आफस विश्वस्त रहेको बताए । सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली…
काठमाडौं । प्रहरीले बलात्कार अभियोगमा एक चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिकित्सक पुजन ज्ञवाली रहेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई बलात्कार मुद्दामा पक्राउ गरी मुद्दा दायर गरेको हो । सहकर्मी चिकित्सक महिलालाई नै बारम्बार बलात्कार गरेको अभियोग उनीमाथि छ । मेडिकेट अस्पताल बुटवल, रुपन्देहीमा कार्यरत ज्ञवालीमाथि पूर्वप्रेमिकालाई बलात्कार र यौन शोषण गरेको अभियोग रहेको परिसरका एक प्रहरी अधिकृतले भने । बुटवलस्थित प्रादेशिक अस्पतालमा कार्यरत रहँदा सहकर्मी चिकित्सकसँग उनी प्रेममा परेका थिए । तर, ती चिकित्सकलाई वेवास्था गरी अर्की युवतीसँग बिहे गरेका थिए । ज्ञवालीले गत २ फागुनमा विहे गरेका थिए । ११ फागुनमा उनी…