काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग बयान लिएको छ ।
संसदीय समितिले सहकारी संस्था वचत रकम दुरुपयोग घटनामा मुछिएका दीपेशसँग सिंहदरबारस्थित समितिको कार्यालयमा बोलाएर बयान लिएको हो ।
समितिका सभापति सूर्यबहादुर थापाले समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्व सचिव उनलाई समितिको बैठकमा सोधपुछ गरिएको बताए ।
उनी बुटवलस्थित सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका पूर्व सचिव हुन् ।
Facebook Comments Box
