काठमाडौं । पर्सा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध चरेश र गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजाको धुलो ( पोलाण्ड) २५७ र चरेस १९२ किलो गरि ४८९ किलोसहित एक जनालाई पक्राउ गरेको हो ।
उक्त लागूऔषधसहित पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका-१ मुडली बस्ने फुलसरिफ मियाँ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुंगेलको अनुसार विभिन्न किसिमको लागूऔषधहरुको ठुलो परिमाणमा खरिद बिक्री भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा पर्सा प्रहरी टोलीले पटेर्वा सुगौली गाउँपालिका-४ अकवा गाउँको बाँसघारीमा छापा हानेको थियो ।
सोही क्रममा शकास्पद रुपमा लुकिरहेको अवस्थामा मियाँलाई ३० किलो गाँजासहित पक्राउ गरि प्रहरीले प्रारम्भिक सोधपुछ गर्दा मियाले बाँसघारीमा खाल्डो खनी बोराभित्र लुकाई छिपाई राखिएको अवस्थामा चरेश र गाँजा बरामद गरिएको एसपी ढुंगेलले बताए ।
पक्राउ परेका मियाँलाई लागूऔषध कसुरमा मुद्दा चलाई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए ।
त्यसैगरी पर्सा प्रहरीले साउन महिनामा भन्सार छलि गरि ल्याएको ८ करोड ३० लाख ३० हजार दुई सय रुपैयाँ बराबरको सामानहरु बरामद गरेको छ ।
प्रहरीले लत्ताकपडा, हाडयेवर, इलेक्ट्रिक भेप, खाद्यान्न सामान लगायतका सामानहरु पक्राउ गरि वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेको प्रहरीले जनाएको छ।
