Author: Scoop Khabar

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आईसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन् । क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका गएका हुन् । उनीहरु मंगलबार अमेरिका प्रस्थान गरेका हुन् । अध्यक्ष चन्द त आईसीसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन् । विश्वकप खेल्ने टिमका लागि आईसीसीले २५ जनाको खर्च र भत्ताको व्यवस्था गर्ने गर्छ । जसले गर्दा उनीहरु बिजनेस क्लासमा यात्रा गर्छन् भने अमेरिका बसाईको खर्च पनि आईसीसी नै व्यहोर्ने गर्छ । आईसीसीले क्यानलाई १५ जना खेलाडी, प्रशिक्षक र अफिसियलको कोटा उपलव्ध गराएको थियो । क्यानकै सदस्य दिवाकर…

थप

काठमाडौ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुँदैछन् । सर्वोच्च अदालतको आदेशअनुसार गोरखाका पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् । न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सोमबार एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो। पाण्डे संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।

थप

काठमाडौं । सशस्त्र प्रहरी बलको कल्याणकारी कोषको ३१ करोड रुपैयाँ भन्दा धेरै रकम खेर जाने जोखिम देखिएको छ । सशस्त्र प्रहरीले कल्याणकारी कोषबाट माली शान्ति मिसनका लागि भनेर बन्दोबस्तीका समान खरिद गरेकोमा अन्तिममा मिसन रद्द भएपछि खरिद गरिएका सामान बिग्रन थालेका छन् । महालेखा परीक्षकको ६१ औं प्रतिवेदनमा यो विषय उठाइएको छ । सशस्त्रले ३१ करोड १३ लाख रुपैयाँमा गाडीसहित २३ प्रकारका सामान खरिद गरेको थियो । एक सय ४० जनाको टोली मिसनमा खटिन तयारी अवस्थामा रहँदा राष्ट्रसंघले माली मिसन बन्द गरेपछि सशस्त्र प्रहरीलाई धक्का लागेको हो । यसरी खरिद गरिएका सामान हाल सशस्त्र प्रहरी मुख्यालयमै राखिएको छ । जसमध्ये…

थप

काठमाडौं । तोरण शमशेर ज.ब.रा. नेपाल प्रहरीको प्रथम प्रहरी महानिरीक्षक अर्थात आईजीपी हुन् । २००७ सालको क्रान्तिपश्चात नेपालका विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरूलाई संगठित रूपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाइएको थियो । जतिबेला उनै तोरण शमशेर प्रहरी महानिरिक्षकका रूपमा नियुक्त भएका थिए । तर, तीन दिनभित्रै षड्यन्त्रको शिकार बने र दोस्रो महानिरीक्षकको रूपमा नर शमशेर जबरा नियुक्त भए । त्यसको ६ वर्षपछि तोरण शमशेर २० मे १९५६ देखि २० मे १९६० सम्म नेपाली सेनाको प्रधानसेनापति बने । उनी सेनापति बनेपछि आफ्ना पुर्ववर्तीझैं श्रीपेच लगाउन चाहन्थे, तर तत्कालिन…

थप

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याएको छ । कुल १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको हो । विनियोजन बजेट मध्ये चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब (१८.९४) प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड (१९.७४ प्रतिशत) विनियोजन गरिएको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए । जसमध्ये सबैभन्दा बढी शिक्षा क्षेत्र अर्थात शिक्षा मन्त्रालयलाई रकम विनियोजन भएको छ । शिक्षा मन्त्रालयपछि क्रमशः गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, रक्षा मन्त्रालयलाई बढी बजेट विनियोजन गरिएको हो । हेर्नुहोस्…

थप

काठमाडौं । सरकारले काठमाडौं विश्वविद्यालय माताहतमा रहने गरि ‘सीता दाहाल’ संस्थान खोल्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । ‘काठमाडौं विश्व विद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरो पेथी एन्ड योगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम बजेट विनियोजन गरिएको छु, अर्थमन्त्रीको घोषणा छ । बजेट विनियोजन गरिएको यस कार्यक्रमको रकम भने खुलाइएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको गतवर्ष निधन भएको थियो ।

थप

काठमाडौं । सरकारले सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको संस्थागत सुदृढीकरण गरी दक्ष एवं व्यवसायिक बनाइने बताए । मुलुकमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्दै जनतामा सुरक्षाको प्रत्याभूति गराइनेछ तथा अध्यागमन प्रणाली ‘डिजिटलाइज’ गरी अत्याधुनिक बनाइने बजेट वक्तव्यमा उल्लेख छ । अनलाइनमार्फत ई–भिसाका लागि आवेदन दिन सक्न प्रणाली लागू गरिनेछ तथा कारागारलाई सुधारगृहकारुपमा विकास गरिने उनले जानकारी दिए । खुला कारागाारको अवधारणाअनुसार कैदीबन्दीलाई लघु, घरेलु…

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन थापा पुरस्कृत भएका छन् । गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवस २०८१ को अवसरमा थापालाई उत्कृष्ट शान्ति सुरक्षा प्रोत्साहनबाट पुरस्कृत गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले एसपी थापालाई प्रशंसा पत्र र नगद २५ हजार प्रदान गरेका हुन् । थापा विगत ८ महिनादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको इन्चार्जको जिम्मेवारीमा छन् । गण्डकी प्रदेशमा ‘शान्ति सुरक्षा तथा विपद् उद्धारको क्षेत्रमा उत्कृष्ट’ सफलता हासिल गर्न एसपी थापाको योगदान महत्त्वपूर्ण रहेको गण्डकी प्रदेश सरकारको मूल्याङ्कन छ । एसपी थापाले कास्कीको कमाण्ड सम्हालेयता शान्ति सुरक्षा थप मजबुद र अपराध अनुसन्धानमा प्रहरीले उल्लेख्य सफलता…

थप

काठमाडौं । जीवनमा सफल हुन नचाहने मान्छे पनि सायदै भेटिएलान् । सफल हुनुपर्छ भन्ने पनि सबैलाई थाहा छ । तर, अक्सर हामी जीवनमा चालेका एक/दुई वटा प्रयासमा असफलता हात लाग्नेबित्तिकै ‘डिप्रेश हुन्छौँ । कि त छाड्छौँ त्यो प्रयास वा मोड्छौँ जीवनको गन्तव्य । मधेस प्रदेश घर भएका पप्पु कुमार दासको परिवार कृषिमा आबद्ध परिवार, खाने मुख धेरै । तरपनि सामान्य विद्यालयदेखि स्नातक तहसम्म अध्ययन गरेका उनमा सरकारी जागिर खाने रहर थियो । रहर पनि एक/दुई पटक होइन । दर्जनौं पटकसम्म असफलता पाइरहँदा समेत प्रयास गर्न नछोडेका दासले अन्ततः नेपाल प्रहरीको निरीक्षक पदमा नाम निकाल्न सफल भएका छन् । कयौंपटकको संघर्षपछि…

थप

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन बिदा दिने घोषणा गरेका छन् । गणतन्त्र दिवसको अवसरमा पारेर सामाजिक सन्जालमार्फत सानो प्रयास गरिएको भन्दै गृहमन्त्री लामिछानेले उक्त घोषणा गरेका हुन् । गृहमन्त्री लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’

थप