काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) गोविन्द काफ्लेलाई अनर्गल हर्कत गरेको आरोपमा स्थानीयले घेरा हालेर लखेटेको घटनामा छानबिन भइरहेको छ । असोज २९ मा माझिटारबाट उनलाई स्थानीयले लखेटेका हुन् ।
साँझपख स्थानीयको घरमा गएर काफ्लेले महिलालाई दुर्व्यवहार गरेको आरोप स्थानीयले लगाएका छन् । यता, घट्नाबारे बुझ्न बागमती प्रदेशका नायब महानिरीक्षक (डीआआईजी) कृष्णहरि शर्माले दुधैली तालिम केन्द्रबाट टोली पठाएका छन् ।
डीआईजी शर्माले भने, ‘मैले घटनाबारे बुझ्नको लागि टिम पठाएको थिएँ, हाम्रोबाट कुनै फाइन्डिङ आएको छैन ।’ सायद आजभोलीमा केही जानकारी आउने उनले बताए ।
बिहीबार जिल्ला प्रहरी कार्यालयमा भेला भएका माझिटारका स्थानीयसँग एसपी काफ्लेले ‘क्षमायाचना’ गरेको समेत स्रोत बताउँछ । काफ्ले गत वैशाखमा सिन्धुलीमा सरुवा भएका थिए ।
तर, एसपी काफ्लेले आफूसँग दुई जना इन्स्पेक्टर पनि सँगै रहेको जिकिर गरेका छन् ।
