काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की प्रहरी प्रधान कार्यालय तानिएका छन् । आर्थिक अनियमिततामा मुछिएपछि उनलाई संगठनले मोरङको जिम्मेवारी खोसेर हेडक्वार्टर तानेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले एसपी कार्कीलाई प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको बताए । ‘उनको हेडक्वार्टरमा सरुवा भएको हो । सरुवाको कारणबारे भने मलाई जानकारी भएन,’ उनले भने ।
प्रवक्ता कार्कीले सरुवाको कारण नबताए पनि उनी आर्थिक अनियमिततामा मुछिएको आरोप लागेको छ । हेडक्वार्टरले उनको स्थानमा अपराध अनुसन्धान कार्यालयका एसपी राजन लिम्बूलाई पठाएको छ ।
लिम्बू प्रहरी सगठनमा इमान्दार प्रहरी अधिकृतका रुपमा चिनिन्छन ।
Facebook Comments Box
