काठमाडौं । जापानमा सन् २०२४ मा नेपालीको संख्या २ लाख ६ हजार पुगेको छ ।
जापानको न्याय मन्त्रालयले सन् २०२४ को जुनमा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीको संख्या पछिल्लो एक वर्षमा ३० हजार बढेको छ ।
हाल जापानमा नेपालीको जनसंख्या २ लाख ६ हजार ८९८ रहेको न्याय मन्त्रालयले जनाएको छ । जसमध्ये सवैभन्दा धेरै नेपालीहरु टोकियोमा बस्ने गरेको पाइएको छ ।
त्यसपछि क्रमशः ओसाका, चिवा, एची, फुकुओका, साइतामा, कनगवामा नेपालीहरुको बाक्लो बसोबास रहेको छ ।
जापानमा नेपालीहरु भाषा अध्ययन, उच्च शिक्षा अध्ययन र रोजगारीकै लागि पुग्ने गरेका छन् । नेपालीहरु उत्पादन, नर्सिङ केयर, कृषि र सेवा क्षेत्रमा कार्यरत छन् ।
जापानको कुन ठाउँमा कति नेपाली बस्छन?
Tokyo- 43,148
Osaka- 17,398
Chiba- 16,999
Aichi- 16,750
Fukuoka- 16,191
Saitama- 14,066
Kanagawa- 13,631
Hyogo- 7,963
Gunma- 5,587
Shizuoka 5,502
Okinawa- 4,873
Kyoto- 4,667
Ibaraki- 3,425
Tochigi- 3,414
Miyagi- 3,099
Mie- 2,723
Hokkaido- 2,453
Gifu- 2,437
Hiroshima- 2,427
Kumamoto- 1,602
Nagasaki- 1,426
Okayama- 1,399
Nagano- 1,393
Saga- 1,207
Fukushima- 1,175
Oita- 1,115
Nigata- 972
Yamaguchi- 961
Yamanashi- 954
Nara- 891
Kagoshima- 732
Siga- 694
Ishikawa- 650
Kagawa- 523
Ehime- 484
Miyazaki- 460
Wakayama- 439
Toyama- 403
Fukui- 403
Iwate- 308
Shimane- 273
Tokushima- 272
Yamagata- 229
Aomori- 224
Tottori- 205
Kochi- 143
Akita- 139
unknown- 469
![जापानमा नेपालीको संख्या २ लाख नाघ्यो, सवैभन्दा धेरै कुन ठाउँमा ? [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2024/10/istockphoto-1131743616-612x612-1.jpg)