Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । कञ्चनपुर कारगारका नाइके, कैदी र प्रहरी एक होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन नाथ, प्रहरी हवल्दार रामसिं धामी र कारागारका कर्मचारी जीवन पन्त मदिरा सेवन गरिरहेको अवस्थामा भेटिएका हुन् । बिहीबार उनीहरू कारागारनजिकै एक होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा भेटिएको कञ्चनपुर प्रहरी प्रमख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले पुष्टि गरे । विभिन्न प्रलोभन देखाएर कैदी चन्दले प्रहरी हवल्दार धामी, कारागारका नाइके भुवननाथर र कारागारका कर्मचारी पन्तलाई होटलमा मदिरा सेवन गर्न लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।…
काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई ५ दिन हिरासतमा जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । बुधबार साँझ नागार्जुन नगरपालिकाबाट पक्राउ परेका इन्स्पेक्टर शिवाकोटीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार प्रहरी वृत्त, स्वयम्भुमा पीडित १२ वर्षीया किशोरीको तर्फबाट बिहीबार जाहेरी दर्ता भएको छ । सोही जाहेरीका आधारमा प्रहरीले थप अनुसन्धान गर्न अदालतबाट शिवाकोटीलाई ५ दिन हिरासतमा राख्न अनुमति पाएको हो । इन्स्पेक्टर शिवाकोटी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् । प्रहरीका अनुसार, तराई मूलकी बालिका ६ वर्षदेखि शिवाकोटीको घरमा बस्दै आएकी थिइन् । ४५…
काठमाडौ । एसियाली विश्वकप छनोट दोस्रो चरणमा यूएईले नेपाललाई ४–० ले हराएको छ । यससँगै छनोटमा नेपालको खराब प्रर्शन कायम रह्यो । नेपालले छनोटको दोस्रो चरणका सबै पाँच खेल गुमाएको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फहाद स्टेडियममा भएको खेलमा यूएईका लागि हरिब अबदला अलमुसरखले दुई गोल गरे । यस्तै अलि सलेह र हाजिम अब्बासले एक/एक गोल गरे । यो नतिजापछि समूह ‘एच’ मा यूएईको पाँच खेलबाट १५ अंक भएको छ । नेपाल शून्य अंकमा छ । यसै समूहको अर्को खेलमा बहराइन र यमनले गोलरहित बराबरी खेले ।
काठमाडौं । राजस्व अनुसन्धान विभागले दरबारमार्गस्थित अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेसमा छापा हानेको छ । बिहीबार दिउँसो विभागले सशस्त्र प्रहरीको टोलीसहित क्यासिनोमा छापा हानेको हो । छापाका क्रममा क्यासिनो दर्ता, नवीकरणलगायत कागजात फेला नपरेको र करसमेत छली गरेको भन्दै क्यासिनो नै सिल गरिएको छ । स्रोतका अनुसार उक्त क्यासिनोबाट ९० लाख रुपैयाँ पनि बरामद भएको छ । यस्तै सो क्यासिनोका अध्यक्ष विनय साहको कार्यालय र लेखाका क्याबिन पनि सिल गरिएको बताइएको छ । साह यस अगाडिदेखि नै अर्को लाइभ ग्यामिङको मुद्दामा फरार प्रतिवादी छन् ।
काठमाडाैं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरीलाई २ वटा एम्बुलेन्स र २ वटा शव वहान गाडी प्रदान गरेको छ । बिहिवार आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनालले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई एम्बुलेन्स र शव वाहनको चावी हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय वाणिज्य बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने विश्वास व्यक्त गरेका थिए । घटना र दुर्घटनामा तत्काल उद्धार गरी अस्पतालसम्म पुर्याउन सवारी साधन निकै उपयोगी हुने प्रहरी महानिरीक्षक कुँवरले बताए । प्राप्त सवारी साधनबाट अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा जाने भएका छन् । मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएपछि उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी बन्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन गरेका थिए। उक्त टेलिफोन संवादमा उनीहरुबीच आगामी दिनमा नेपाल-भारत सम्बन्धलाई थप मजबुत पारेर अगाडि बढ्ने विषयमा छलफल भएको बताईएको छ ।राष्ट्रपतिबाट उनको नियुक्ति हुन र शपथ ग्रहण समारोहको दिन निश्चित हुन भने बाँकी नै छ । भारतीय मिडियाहरुका अनुसार शपथ ग्रहण समारोह ८ जुनमा हुने सम्भावना छ । मोदीले शपथ लिने दिन निश्चित भएलगत्तै प्रधानमन्त्री…
प्रहरी हुनुको गलत फाइदा उठाउँदै डीएसपी राई : पक्राउ पुर्जीबिना नै सर्वसाधारणलाई थुनेर यातना दिए
काठमाडौ । इलाका प्रहरी कार्यालय धरान, सुनसरीका नायव उपरीक्षक (डीएसपी) मानबहादुर राईले बिना पक्राउ पुर्जी एक सर्वसाधारणलाई २४ घन्टासम्म मानसिक यातना र दबाब दिएर कागज गराएको खुलासा भएको छ । अदालतले पक्राउ पुर्जी समेत जारी नगरी हाजिरी जमानीमा रहेका सुनसरी धरान उपमहानगरपालिका- १६ जनपथ टोलका ३४ बर्षका रामप्रसाद राईलाई १६ जेठमा पक्राउ गरी मानसिक यातना दिँदै १७ जेठमा छाडेको विषय खुलासा भएको हो । एउटा जग्गाको लेनदेनको विषयमाथि जिल्ला अदालत सुनसरीले गरेको आदेशविपरित डीएसपी मानबहादुर राईले प्रहरी हुनुको गलत फाइदा उठाउदै रामप्रसाद राइलाई मानसिक यातना दिएर छाडेका हुन् । जग्गाको जुन विषयमा उनले कागज गराएका छन् त्यो जिल्ला अदालतमा विचाराधिन…
काठमाडौं । अस्थिर राजनीति र सत्तालुछाचुँडीको प्रत्यक्ष असर नेपाल प्रहरी संगठनमा परेको छ । अझ सुरक्षा निकायमा पदोन्नतिका बेलामा रस्साकस्सी हुने गर्छ । विगत एक महिना अघिदेखि रिक्त रहेको प्राविधिक नायब महानिरीक्षक (डिआईजी) बढुवा सिफारिस गर्न सकिरहेका छैनन् गृहमन्त्री रवि लामिछाने । सत्ता र कुर्सी जोगाउनतर्फ मन्त्री लामिछाने लाग्दा बढुवाका दाबेदारहरु निराश हुन पुगेका छन् । डिआईजी बढुवा सिफारिस गृहमन्त्रीस्तरीय निर्णयबाट हुने हो । विगत एक महिनादेखि नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा दुई डिआईजी पद रिक्त छ । दक्षलाई भन्दा पनि आफ्नो पक्षकालाई पदोन्नति गर्न खोजेपछि प्रतिस्पर्धीहरु निराश बन्न पुगेका हुन् । सोही कारण यतिबेला नेपाल प्रहरी अस्पतालमा हल्लीखल्ली मच्चिन थालेको…
काठमाडौ । याैनदुर्व्यवहार गरेकाे आराेपमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन् । इन्स्पेक्टर बिदुर सिवाकोटीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो । प्रहरी वृत्त स्वयम्भूले नावालिगसँग याैनदुर्व्यवहार गरेकाे आराेपमा इन्स्पेक्टर सिवाकाेटीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए । घटनाकाे पुष्टिगर्दै प्रवक्ता कार्कीले भने, ‘बालिकाकाे गुनासाेपछि इन्स्पेक्टर सिवाकाेटीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू भएकाे छ, घटनाका विषयमा बुझ्ने काम भइरहेकाे छ ।’
काठमाडौं । नेपाल प्रहरीका दुईजना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधि/कम्प्युटरतर्फका प्रहरी निरीक्षकद्वय उमेश प्रसाद साह र मुकेश तिवारी डीएसपीमा बढुवा सिफारिस गरेको हो । इन्स्पेक्टर साह साईवर व्युरो साईवर आतंकवाद अनुसन्धान शाखा (प्राविधिक) भोटाहिटी, काठमाडौं र तिवारी नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग Digital Forensic Lab (प्राविधिक) मा कार्यरत छन् । बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको छ ।