वीरगन्ज । पर्सामा डिभिजन वन कार्यालय पर्सा र सुरक्षा निकायको मिलोमतोमा व्यापकरुपमा काठ दाउराको तस्करी फस्टाउदै गरेको छ । वन कर्मचारीकै मिलेमतोमा जंगल क्षेत्रबाट पर्सामा काठ तस्करी भइरहेको खुलेको हो ।
काठ मिल सञ्चालकसँग वन कर्मचारीको मिलेमतोमा रातारात बहुमूल्य खयर, सखुवा, सिसौलगायतका काठ तस्करी भइरहेको पाइएको हो । डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजन वन अधिकृत मन्जुर अहम्द आएको दिनदेखि जिल्ला अन्तर्गत रहेका सब डिभाइजन वन कार्यालयहरुले प्रत्येक दिन तस्करी कार्य बढ्दै गएको स्थानियहरु बताउँछन् ।
हुनत प्रमुख अहम्द पर्सामा आएको करिब एक महिना भन्दा बढी भएको छ । उनी आएदेखि केही मात्रामा पक्राउ परिरहेको सुनिए पनि सेटिङमा काठ तस्करहरुलाई उनमुक्ति दिइरहेको समाचार स्रोतले दावी गरेको छ ।
वन जङ्गलबाट काठ तस्करी वन डिभिजन कार्यालयका प्रमुख अहम्द, वन कर्माचारी , छेउ छेउमा रहेको सशस्त्र प्रहरीका वेश क्याम्प र प्रहरी चौकीहरुको सेटिङमा रातभरी काठको तस्करी भईरहेको स्थानीयहरुले सम्बन्धित निकायहरुमा गुनासो गरेका छन् ।
यस्ता गतिविधीतर्फ सरोकारवालाहरु ध्यान जान आवश्यक देखिएको छ ।
