वीरगञ्ज । गृहमन्त्रालयले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई सादा पोसाकमा नखटाउन आदेश दिएपनि गृहमन्त्रालयको निर्देशन विपरित पर्सामा भने सशस्त्र प्रहरीले एकजना सईको नेतृत्वमा सादा पोसाकमा घुमुवा खटाएको पाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्सा मातहत रहेको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म अलौबाट एकजना सईको नेतृत्वमा सादा पोसाकमा घुमुवा खटि सिमानाकामा व्यापारीलाई भेट्दै रकम असुली गरिरहेको पाइएको हो ।
पछिल्लो समय सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौको मातहत पर्ने नाका अलौ, कोन्हिया, बार्वा, अमरपर्टी, झौवा र प्रसौनी नाकाबाट व्यापरुपमा तस्करी बढेको छ ।
सशस्त्र प्रहरी बल गुल्म अलौबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सई) शलेन्द्र यादव घुमुवा भई तस्करहरुसँग रकम असुली गरि तस्करीको लाइन दिदै आएका छन् । घुमुवा सई यादवले सिमानाकामा ड्युटीमा रहेका सुरक्षाकर्मीहरुमार्फत तस्करहरुसँग रकम असुली गर्ने गरेको एक भिडियो पनि सार्वजनिक भएको छ ।
सशस्त्र प्रहरी बल अलौका मताहत पर्ने अमरपर्टी र प्रसौनी सिमानाकाहरुबाट लत्ताकपडा, कुखुराको चल्ला, हार्डयेवर, लसुन, काजु, पटका, जुत्ता चप्पल र डाबरको पेस्ट कस्मेटीक सामानहरु व्यापक रुपमा तस्करी हुने गरेको स्रोत बताउँछ ।
यादव आएको दिनदेखि नै यी नाकाहरुबाट तस्करी चम्किएको स्रोतको दाबी छ । सई यादवले तस्करहरुसँग आर्थिक लेनदेन गरि ड्युटीमार्फत रकम बुझी तस्करी गराउदै आएका छन् ।
वीरगञ्ज मुख्य भन्सारमा सशस्त्रले व्यापक कडाई गरेपनि अहिले अलौको मातहतको क्षेत्रहरुमा भएर व्यपाक मात्रामा तस्करी भइरहेको र उक्त तस्करीमा व्यापारीलाई सहजिकरण सई यादवले गर्ने गरेका हुन् ।
सशस्त्र प्रहरी बल गुल्मले देखावटीको लागि आफ्नो गेट अगाडी रहेको मुख्य नाका कोनिया नाका र अलौ नाकाबाट चाडपर्वको बेलामा घरयासी प्रयोजनको लागि ल्याउने सामानहरुलाई घुमुवा सई यादवले समात्ने गरेका छन् भन्ने तस्करको सामान कटाउन ड्युटीमार्फत रकम बुझि छाड्ने गरेका समेत गरेका छन् ।
सई यादवले अहिले अलौ क्याम्पमा गएर सादा पोसाकमा घुमेर व्यापारीलाई तस्करी गर्न सहज वातावरण बनाई दिएपछि व्यापारीहरुले खुलेआम तस्करीको सामान सहजै नेपाल ल्याउन पाएका छन् ।
पर्सामा सशस्त्र प्रहरीले अन्य सिमानाकाहरुमा कडाई गरेपनि अलौको मातहत पर्ने नाकामा घरयासी प्रयोजनको लागि ल्याउने सशस्त्र प्रहरीका नायब निरीक्षक शलेन्द्रलाई कुट र तस्करीको लागि छुट बनाएको आरोप छ ।
सशस्त्र प्रहरी बल गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील बस्नेतले तस्करीमा कडाई गर्दै आएको दाबी गरेका छन् । तर सई यादव डिएसपीदेखि सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई गुमराहमा पारी तस्करहरुसँग रकम बुझी तस्करी गराउन माहिर बनेका छन् ।
यस बिषयमा सई यादवले आफू घुमुवा नरहेको दाबी गरे । ड्युटीमा मात्र घुम्छु र आफ्नो कुनै कारोबारीसँग भेट नहुने भन्दै कुरालाई वेवास्ता गर्दै उल्टै बरु आफुले भिडिओ पठाइदिने बताए ।
थप यस विषयमा बुझ्न डीएसपी बस्नेतलाई फोन गर्दा सम्पर्कमा आउन नै चाहेनन् । गृहमन्त्रालयको निर्देशन विपरित सादा पोसाकमा घुम्ने सशस्त्रका सईलाई अब कस्तो कारबाही हुने हो त्यो हेर्न बाकी छ ।
नोट : तस्करीको भिडिओ सुरक्षित छ ।