Author: Scoop Khabar

काठमाडौं । समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत जनचेतनामूलक कार्यक्रम गर्दै आएको नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत पनि जनचेतनामूलक सन्देशहरु प्रवाह गर्दै आएको छ । सामाजिक सञ्जाल फेसबुक र एक्समार्फत नेपाल प्रहरीले भिडिओको माभ्यमबाट सन्देशमूलक सामग्रीहरु प्रशारण गर्दै आइरहेको हो । जुन कामको अहिले चौतर्फी प्रशंसा समेत भएको छ । समाजमा हुनेखालको अवैध क्रियाकलाप रोक्नदेखि दुर्घटना न्यूनीकरण, जातिय भेदभाव तथा छुवाछुतको विषयमा शीर्षक दिएर प्रहरीले भिडिओ नै बनाएर सन्देशमुलक सामग्रीहरु प्रशारण गर्ने गरेको हो । भिडिओ सामग्री माध्यमबाट जनचेतना फैलाउन सहज हुने कन्सेप्ट प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको हो । आईजीपी कुँवरले हरेक क्रियाकलापलाई भिडिओमार्फत प्रशारण गर्न निर्देशन नै दिएको बताइन्छ । नेपाल…

थप

काठमाडौं । लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतको नयाँ सेना प्रमुख हुने भएका छन् । भारत सरकारले जनरल मनोज पाण्डेको ठाउँमा द्विवेदी सेना प्रमुख हुने जनाएको हो । लेफ्टिनेन्ट जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सिमानाको राम्रो परिचालन अनुभव छ । हाल उपसेना प्रधानसेनापति पदमा कार्यरत रथी मनोज पाण्डे असार ३० गते अवकाश लिँदैछन् । वरिष्ठताका आधारमा द्विवेदीलाई यो पदमा चयन गरिएको हो । गत महिना सरकारले महारथी मनोज पाण्डेको कार्यकाल एक महिना थप गरेको थियो । उनले मे ३१ गते अवकाश लिने कार्यक्रम रहेकोमा ६ दिनअघि नै उनको कार्यकाल थपिएको थियो । रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जुन…

थप

काठमाडौं । नेपाल पुलिस स्कुल, बेलचौतारा, तनहुँको प्राचार्यमा आवेदन माग गरिएको छ । विद्यालयको रिक्त प्राचार्य पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नेगरी नेपाल प्रहरी प्रधान कार्यालयको प्राचार्य छनोट बोर्डले आवेदन माग गरेको हो । छनोट बोर्डले बुधबार एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई सात दिनभित्र आवेदन दिन भनेको छ ।

थप

तुलसीपुर । घोराही २ स्थित जनता माध्यमिक विद्यालय तहमा विज्ञान विषयको राहत शिक्षक कोटामा आफू निकटका व्यक्तिको नाम निकालिएको खुलेको छ । जनता मावि, रामपुर वुकाको विज्ञान विषयको राहत कोटाको शिक्षकमा मिलेमतो गरेर आफु निकटका व्यक्तिको नाम निकालिएको हो । घोराही १ का वडा अध्यक्ष राममणि पाण्डेको माइला छोरा सरोज पाण्डेलाई जनता माविको विज्ञान शिक्षकको राहत कोटामा नाम निकालिएको पाइएको हो । जबकी शिक्षक नियुक्ति बब्लु शर्मा र मोहन थापा विज्ञको रुपमा थिए । उनीहरुलाई वडाअध्यक्ष, विव्यस र प्रधानाध्यापकको मिलेमतोमा विज्ञ नियुक्त गरिएको थियो । नेकपा एमाले निकट श्रीराम घर्ती जनता मावि वुकाको विव्यास अध्यक्ष छन् भने घोराही २ रामपुरका…

थप

काठमाडौं । गत २० जेठमा सुनसरीको धरान-१९ मा वडाका युवाहरूको साकेला नाच हेर्न गएको बेला एक समूहको कुटपिटबाट गम्भीर घाइते भएका १८ वर्षीय तान्सुहाङ लिम्बुको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटको घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले ५ जना युवालाई पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले बता । डिएसपी भण्डारीले भने’ ‘घटनाको कारण र प्रमाण नजुटेकाले हालसम्म दोषी को हो भन्ने कुराको पुष्टि भएको छैन ।’ डिएसपी भण्डारीका अनुसार नियन्त्रणमा लिइएकाहरूमा धरान-१९ का सुजन (गोपाल) विश्वकर्मा, दमक-२ का भुवन श्रेष्ठ, धरान-८ का समीर तामाङ, धरान-१६ का पुकार राई र धरान-१ का मनिष लिम्बु छन् । प्रहरीले…

थप

काठमाडौं । नेपाली सेनाका पूर्वरथी नेपालभूषण चन्द प्रहरी छानविनमा तानिएका छन् । चन्द सञ्चालक रहेको एक कम्पनीको सुन तस्करी गर्ने चिनियाँ गिरोहसँग सम्पर्क देखिएपछि चन्द पनि छानविनमा तानिएका हुन् । उच्च प्रहरी स्रोतका अनुसार सजिलो पे नामक कम्पनीमा चन्दको लगानी रहेको छ । उनी कम्पनीको सञ्चालक समिति सदस्य समेत हुन् । सोही आधारमा चन्द पनि छानविनमा तानिएका हुन । सो कम्पनीले सुन तस्करीको पैसाको अवैध कारोबार गरेको छानविनमा खुलेको छ । प्रहरीले पूर्वरथी चन्दलाई पनि छानविनमा बोलाउने तयारी गरेको छ । हालसम्मको अनुसन्धानमा उनको प्रत्यक्ष संलग्नता नदेखिए पनि सुन तस्करी जस्तो धन्दामा संलग्नहरूलाई सघाएको देखिएपछि चन्द समस्यामा परेका हुन् ।…

थप

काठमाडौ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) चन्द्र कुबेर खापुङले प्रदेश अन्तर्गतका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई आवश्यक निर्देशन दिएका छन् । सोमबार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा आज आयोजित एक कार्यक्रमका विच डिआईजी खापुङले निर्देशन दिएका हुन् । उनले प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापनको लागि चाहिने उद्धारका सामग्री सहित प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राख्न तथा समय समयमा उद्दार अभ्यास गराउन समेत निर्देशन दिएका छन् । एक आपसमा भएका असल अभ्यासको आदान प्रदान गर्न र बिगतमा भएका कमि कमजोरीहरुबाट पाठ समेत सिक्न जिल्ला प्रहरी प्रमुखहरुलाई उनको निर्देशन थियो । उनले प्रहरी कार्यलयमा पिरमार्का लिएर आउने जो…

थप

काठमाडौं । युनाइेट पिपुल ग्लोब (युपीजी) विश्वव्यापी परिवर्तनकर्ताहरुसँग अझ निकट भएर काम गर्दै आएको छ । विश्वलाई अझ परिस्तकृत बनाउन र संस्कृतिदेखि क्षमतासम्म आदानप्रदान गर्दै सकारात्मक परिवर्नतका लागि युपीजीले विश्व समुदायलाई प्रोत्साहन गर्दै आएको छ । जसकारण समाजका अगुवाहरु तथा परिवर्तनकर्ताहरु जोडिएर युपीजीले काम गर्दै आएको छ । युपीजीले सकारात्मक परिवर्तनको बारेमा समाजका अग्रजहरुलाई जोडेर र यसले पारस्परिक सहयोग गर्दै आएको छ । युपीजीले परिवर्तनकर्ताहरुको एउटा नेटवर्क हो । यसले परिवर्तनकर्ताहरूको नेटवर्क सिर्जना गर्दछ, जसका कारण विचार तथा प्रेरणाहरु आदानप्रदान हुने गर्छन् । समुदायको यो भावनाले विश्वव्यापी सकारात्मक परिर्वतनमा महत्वपूर्ण प्रभाव पार्न सक्ने युपीजीले विश्वास लिएको छ । युपीजीको साझा…

थप

काठमाडौ । कास्की प्रहरीले एक करोडभन्दा बढी मूल्यका सामान चोरी गर्ने दुई जनालाई पक्राउ गरि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।  चोरीमा संलग्नको आरोपमा पोखरा महानगरपालिका- २२ का २१ वर्षीय नविन नेपाली र गोरखा घर भई पोखरा महानगरपालिका- ४ गैह्रापाटन बस्ने २९ वर्षीय सुवास थापा मगर पक्राउ परेका हुन् । उनीहरुले गत जेठ ११ गते पोखरा महानगरपालिका- १७ घारिपाटनमा बस्दै आएका लक्ष्मीकान्त शर्मा र सोही घरमा डेरा गरी बस्ने कृष्ण पौडेलको घरको ढोका फुटाएर ४२ तोला सुनका गहना, मोबाइल, ल्यापटप, क्यामेरालगायत सामान चोरी गरेका थिए । त्यस्तै नगद ३ लाख ८० हजार समेत चोरी गरेका थिए । जिल्ला प्रहरी कार्यालय…

थप

महोत्तरी । महोत्तरीमा लुटेराहरुको एक समुहले गोली प्रहार गरेको छ । सोमबार महोत्तरीको मरहा नदीमा मोटरसाइकलमा आएका ७/८ जनाको समूहले लुटपाटको प्रयास गर्दै गोली प्रहार गरेको हो । गोली प्रहाबरबाट गौशाला नगरपालिका-११ का ३५ वर्षीय विनय कुमार महतो (मुरारी) घाइते भएका छन् । सो क्रममा महतो प्रतिकारमा उत्रिएपछि सो समूहले गोली प्रहार गरेको बताइएको छ । महोत्तरी प्रहरीका अनुसार उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान थालेको छ ।

थप