काठमाडौं । प्रहरी हिरासतबाट थुनुवा फरार भएपछि सर्लाहीस्थित इलाका प्रहरी कार्यालय हरिवनका ४ जना प्रहरीको जिम्मेवारी खोसिएको छ ।
लागू औषध मुद्दामा पक्राउ परी प्रहरी हिरासतमा रहेका बरहथवा नगरपालिका–९, मूर्तियाका रामअयोधी मुखिया शनिवार दिउँसो फरार भएका थिए ।
सोही घट्नाको अनुशन्धानका क्रममा इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत हिरासत व्यवस्थापन अधिकृत र सेन्ट्रीसहित ४ जना सुरक्षाकर्मीलाई जिल्ला तानिएको छ ।
घटनाबारे छानविन भइरहेको सर्लाहीका एसपी रविन्द्र बहादुर सिंहले बताए। फरार भएका थुनुवा पुनः पक्राउ परिसकेको र घट्नाको विषयमा अनुसन्धान भईरहेको उनले वताए ।
प्रहरी नियन्त्रणबाटै थुनुवा फरार भएको विषयले जिल्लाको सुरक्षा व्यवस्थामाथि भने स्थानीय प्रश्न उठाउन थालेका छन् ।
Facebook Comments Box
