Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइसीसी टी-२० विश्वकपबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई कोशिस गर्नेको जित एकदिन अवश्य हुन्छ भन्नुहुँदै सान्त्वना दिएका छन्। सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले आजको नेपालको खेल आजसम्मकै उत्कृष्ट खेल भएकोसमेत उल्लेख गरे । ‘आजसम्मकै उत्कृष्ट खेल !! बधाई नेपाल !!! कोशिस गर्नेको जित एकदिन अवश्य हुन्छ,’ अध्यक्ष ओलीले लेखेका छन् । शनिबार बिहान विश्वकप क्रिकेटमा नेपाली टोली दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । ११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो । यो हारसँगै नेपालको सुपर आठ पुग्ने सम्भावना सकिएको छ…
काठमाडौं । ललितपुरका जावलाखेलमा अर्धचेत अवस्थामा फेला परेका दम्पतीको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भई हाल जावलाखेल अल्का अस्पताल पछाडि डेरा गरि बस्ने २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती२५ वर्षीया रेणु सेन्चुरीको उपचारको क्रममा मृत्यु भएको हो । उनीहरु गत राती साढे ८ बजे अर्धबेहोश अवस्थामा फेला परेका थिए । अर्धबेहोश अवस्थामा फेला परेका दुवैजनालाई प्रहरीले उपचारको लागि पाटन अस्पताल लगेको थियो उपचारको क्रममा उनीहरुको साढे ९ बजे मृत्यु भएको थियो । घटना सम्बन्धमा अनुसन्धान कार्य शुरु गरिएको ललिलतपुर जिल्ला प्रहरी परिसरले जनाएको छ ।
काठमाडौ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको शुक्रबार निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले उक्त कुरा बताएका हुन् । सो क्रममा उनले उक्त कार्यालयमा रहेको सहायता कक्ष, गुनासो शाखा, ब्यारेक, कन्ट्रोल रूम लगायत विभिन्न शाखाहरूको निरीक्षण गर्दै सो सम्बन्धी काम र अवस्थाकाबारे जानकारी समेत लिए । निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले विभिन्न समस्या र अभावका वावजूद ट्राफिक प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्दै आएको र ती समस्याहरू समाधान गर्न गृहमन्त्रालय कटिवद्ध रहेको…
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कानुनविपरीत विशिष्ट व्यक्तिको सुरक्षाका लागि खटाइएका २४१ जना फिर्ता गरिएको बताएका छन् ।सय दिने उपलब्धि जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । गृहमन्त्री लामिछानेले विशिष्ट व्यक्तिको सुरक्षाका लागि खटाइएका २४१ जना सुरक्षाकर्मी फिर्ता भएको बताए । नेपाल प्रहरीतर्फ १०७ जना र सशस्त्र प्रहरी बलतर्फ १३४ जनालाई फिर्ता बोलाउने कार्य भएको गृहमन्त्री लामिछानेले बताए । सुरक्षाकर्मीलाई शान्ति सुरक्षा तथा अपराध नियन्त्रणलगायत तोकिएका मुख्य कार्यमा केन्द्रित गर्न विशिष्ट व्यक्तिहरूका लागि खटिएका सुरक्षाकर्मी फिर्ता गरिएको गृहमन्त्री लामिछानेको भनाई छ। प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न…
काठमाडौ । बारा जिल्लाको आदर्श कोतवाल नगरपालिका- ३ मा अज्ञात समूहद्वारा गोली प्रहार गरि क्याम्पस प्रमुखको हत्या गरेको छ । शुक्रबार गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख आदर्श कोतवाल-२ खजुरिया टोल बस्ने हरी भूषण कुशवाहाको मृत्यु भएको हो । गोली लागि बयोधा अस्पताल विरगन्जमा गम्भीर अवस्थामा उपचारका क्रममा उनको केहिबेर अघि मृत्यु भएको प्रहरीले जनाएको छ । अनुसन्धान जारी रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको बारा प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले बताए । गत बर्ष कात्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ बर्षिय गुड्डु भनिने रुपेश सर्राफको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो…
काठमाडौ । वर्षौँको प्रयासपछि अन्ततः नेपाल प्रहरीमा स्टाफ कलेज सुरु हुने भएको छ । प्रहरी महानिरीक्षक नेतृत्वको नीति समन्वय समिति (पिसिसी) बैठकले यससम्बन्धी प्रस्ताव गत साता स्वीकृत गरी असारदेखि नै यसलाई कार्यान्वयनमा लैजाने तयारी गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमेशराज जोशी नेतृत्वको समितिले बनाएको प्रतिवेदन गत शुक्रबार प्रहरीको नीति समन्वय समितिमा प्रस्तुत भएको थियो । समितिले प्रस्ताव स्वीकृत गरेपछि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले कार्यान्वयनको तयारी अघि बढाइसकेको छ । समितिले समन्वय समितिको बैठकमा आएका सुझावलाई समेत समेटेर केही दिनभित्रै प्रतिवेदन बुझाउँदैछ । प्रतिवेदनमा असारभित्रै पुलिस साइन्स संकाय स्थापना गर्ने उल्लेख छ । मास्टर इन पुलिस साइन्स (एमपिएस) कोर्सका रूपमा स्टाफ कलेज लागू हुन लागेको…
काठमाडौ । झापाको शिवसताक्षी नगरपालिका-३ भोटेपुलमा आज बिहान एकै घरमा दुई बालकसहित तीनजना मृत फेला परेका छन् । सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका बिशाल र ३० महिनाका आयुष मृत फेला परेका हुन् । अन्जली झुन्डिएको अबस्थामा फेला परेकी छन् । आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।
ताप्लेजुङ । ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् । फक्तालुङ–२ खेजेनिममा गए राति खसेको पहिरोमा परेर गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बूका बाबु, आमा र जुम्ल्याहा बहिनीहरुको मृत्यु भएको हो । फक्ताङलुङ–२ खेजेनिममा राति घर माथिबाट पहिरो खस्दा उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पहिरोमा परेर बुबा ७१ वर्षीय रामबहादुर लिम्बू, आमा जसमाया लिम्बू र बहिनीहरु १२ वर्षीया गंगा लिम्बू र जमुना लिम्बूको ज्यान गएको हो । जसमाया गाउँपालिका उपाध्यक्ष रविनकी कान्छी आमा रहेको जनाइएको छ । उपाध्यक्ष लिम्बू भने घर बाहिर रहेकाले जोगिएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिए ।…
काठमाडौं । युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो–२०२४ आजबाट सुरु हुँदैछ र त्यसको पहिलो खेलमा भिड्नेछन्, आयोजक जर्मनी र स्कटल्यान्ड । पहिलो पटक नकआउट चरणमा पुग्ने उद्देश्यसहित मैदानमा उत्रने स्कटल्याण्डको लागि आफ्नै देशमा हुने युरो कपको उपाधि जित्ने लक्ष्य बोकेको जर्मनीबीचको उद्घाटन खेल रोचक हुने अनुमान गरिएको छ । यस समूहमा ‘ए’ हंगेरी र स्विजरल्यान्ड पनि छन् । यो पटकको युरोमा आयोजक जर्मन सङ्गै फ्रान्स र इङ्ल्याण्डलाइ उपाधीको दाबेदारको रुपमा हेरिएको छ ।
कैलाली । कर्णालीको पुलको लट्ठा चुँडिएपछि पुलको बिच भागमा अड्किए ११ वटा खच्चडको उद्धार गरेको भन्दै प्रहरी सहायक निरीक्षक रामसिंह फराल र हवल्दार गंगाराम चौधरी पुरस्कृत भएका छन् । उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले अभिलेखमा जनिने गरी नगदसहित पुरस्कृत गरेको हो । यही जेठ २७ गते जिल्ला अछाम, पञ्चदेवल नगरपालिका, वडा नं. ९ चिल्तडा स्थित कर्णाली नदीमा रहेको झोलुंगे पुलको रसी चुडिन गई १३ वटा खच्चड उक्त पुलको बिच भागमा अड्किएका थिए । असई फरालको अगुवाइमा करिब पाँच घण्टा पछि खच्चडको उद्धार गरिएको थियो । पुलको जालीमा अड्किएका १३ मध्ये ११ खच्चडको उद्धार गरेपनि दुई वटा खच्चड पुलबाट खसेर मरेका…