काठमाडौैं । कलेजो सम्वन्धि समस्याका कारण अस्पताल भर्ना भएका पूर्वसभामुख दमननाथ ढुंगानाको आज दिउँसो निधन भएको छ ।
फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा दिउँसो करिव २ बजे उनको निधन भएको हो । भान्जा सुरज भट्टराईका अनुसार अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो ।
वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना ०४८ सालदेखि ०५१ सम्म सभामुख थिए । तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उनको भूमिका छ ।
Facebook Comments Box