काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन प्राविधिक प्रहरी उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ ।
गृहमन्त्रालयमा आइतबार बसेको बढुवा समितिकाे बैठकले डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. सन्चिता दाहाल घिमिरेलाई डिआइजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हाे ।
उनीहरु तिनैजना नेपाल प्रहरी अस्पतालमा कार्यरत छन् ।

Facebook Comments Box
