Author: Scoop Khabar

हेटौँडा । कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्याको अभियोगमा पक्राउ परेका पूर्व लडाकु कमाण्डर कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटन हेटौँडा इजलासले आदेश दिएको छ । उच्च अदालत पाटन हेटौँडा इजलासले शुक्रबार न्यायाधीशद्वय शान्ता सेढाई सापकोटा र मेरिना श्रेष्ठको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत चितवनको आदेशलाई सदर गर्दै पुर्पक्षमा राख्न आदेश गरेको हो । गत चैत २० मा काठमाडौँबाट पक्राउ परेका खामलाई जिल्ला अदालत चितवनले चैत २३ मा पुर्पक्षमा राख्न आदेश गरेको थियो । उक्त आदेश बदरको माग गर्दै खाम पक्षले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । सो मुद्दामा उच्च अदालत पाटन हेटौँडा इजलासले…

थप

काठमाडौं । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने स्पा सञ्चालकलाई पक्राउ गरेको छ । काठमाडौंको ठमेलमा सञ्चालन गरेको ए वान स्पा सेन्टरमा २०८० कात्तिकदेखि नाबालिकाहरूलाई विभिन्न किसिमको डरत्राश र प्रलोभनमा पारी वेश्यावृत्तीमा लगाउने सूचनाका आधारमा ब्युरोको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका-८ घर भई टोखा बस्ने ४१ वर्षीय रेशम गुरुङ र मकवानपुरको बागमती गाउँपालिका-९ घर भई सातदोबाटो बस्ने ३३ वर्षीया मखमली माया स्याङतान रहेका छन् । गुरुङले आर्थिक अवस्था कमजोर भएका विशेषगरी ग्रामीण क्षेत्रका नाबालिकाहरुलाई टिकटकबाट कुराकानी गरी राम्रो आम्दानी हुने ब्यूटीपार्लरमा काममा लगाई दिने प्रलोभन देखाई काठमाडौं आउने भाडा समेत पठाएर ल्याएको खुलेको…

थप

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५८ कार्टुन भेप (इलेक्ट्रिक चुरोट) सहित पाँच जनालाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा बिहीबार राति ८ बजे हेटौंडा ११, थानाभर्‍याङमा काठमाडौंबाट हेटौंडा हुँदै भारतको दिल्ली जान लागेको ना.६ख ७१६३ नम्बरको यात्रुवाहक बस जाँच गर्दा दुई करोड ७१ लाख २१ हजार ७८० रुपैयाँबराबरको भेपसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै भन्सार छलेर अवैध रुपमा भेप ओसारपसारमा सलग्न दोलखा भीमश्वेर नगरपालिका २ का ३७ वर्षीय बसचालक सलाम मोक्तान, कटारी नगरपालिका ११ उदयपुरका २७ वर्षीय प्रविन्द्र राना, दुप्चेश्वर गाउँपालिका नुवाकोटका…

थप

बारा । पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र सिकारी र सुरक्षाकर्मीबीच झडप भएको छ । शुक्रबार निकुञ्जका कर्मचारी, नेपाली सेनासहितको गस्ती टोली र सिकारीबीच झडप भएको हो । दोहोरो झडपमा एक जना सिकारीको मृत्यु भएको छ । निकुञ्ज कर्मचारी, नेपाली सेनासहितको टोली गस्तीको क्रममा वन्यजन्तु सिकारीसँग जम्काभेट हुँदा दोहोरो झडप भएको थियो । सो झडपमा वन्यजन्तु सिकारी हेटौँडा उपमहानगर-१४ का ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको ज्यान गएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । दोहोरो झडपको क्रममा हतियारसहित ५ जनाको समूहमा आएका सिकारीहरूमध्ये अन्य ४ जना भाग्न सफल भएको इप्रका सिमराले जनाएको छ । सिकारीहरू भाग्ने क्रममा उनीहरूको साथबाट २ थान भरुवा…

थप

हेटौंडा । नाबालिकामाथि जबरजस्ती करणी गरेको आपरोपमा प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान सन्तोष बोट रहेका छन् । १७ वर्षीया नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि प्रहरी जवानलाई पक्राउ गरिएको हो । प्रहरी जवान बोटले ८ कक्षामा अध्ययनरत नाबालिकामाथि अन्तिम पटक जेठ ११ जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । नाबालिकालाई प्रेमको बहानामा पटक-पटक जबरजस्तीकरणी गरेको जाहेरीमा छ । नाबालिकाले १६ जेठमा जिल्ला प्रहरी कार्यालयमा आएर जाहेरी दर्ता गराएकी थिइन् । जाहेरीमा नाबालिकाले भार्ता प्रहरी चौकीको भान्सा कोठामा लगेर जवान बोटले पटक-पटक जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् । पक्राउ…

थप

काठमाडौं । संघीय संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानको प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानबाट दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले प्रेमिकासँगको सम्बन्धमा खटपट आएको कारण आत्महत्या गरेको खुलेको छ । प्रेमिकासँग खटपट भएपछि उनले आफैंलाई गोली प्रहार गरेको खुलेको हो । गोले बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए । अहिले उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनास्थलमा ठड्याएको अवस्थामा गोलेको मोबाइल बरामद भएको छ । घटनास्थलमा भेटिएको मोबाइलबाटै गोलेले आफ्नी प्रेमिकाले वास्ता गर्न छाडेपछि आत्महत्या गरेको तथ्य…

थप

अछाम । छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् ।अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा छाउगोठमा बसेकी १६ वर्षीया एक किशोरी बलात्कृत भएकी हुन् । मामाघरमा बसेर पढिरहेकी किशोरी सोमबार मध्यराति आफ्नै नाता पर्नेबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उनी मंगलबार बिहान छाउगोठमै बेहोस् अवस्थामा भेटिएकी थिइन् । किशोरीलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको छ । जबरजस्तीकरणी गरेको आरोपमा १७ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

थप

काठमाडौँ । संघीय संसद भवन भित्र कार्यरत नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । उनले शाैचालयमा गोली हानेको स्राेतले बताएकाे छ । २२ वर्षीय  प्रहरी जवान अजित गाेलेले दुई नम्बर गेटकाे शाैचालयमा आफूमाथि गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा पारिवारिक समस्याको कारण गोली हानी आत्महत्या गरेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

थप

वीरगन्ज । पर्सा प्रहरीले करिब दुई करोड रुपैयाँँ बराबरको हार्डवेयर, कपडा तथा खुद्रा सामानहरुसहित ३ वटा ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट वीरगञ्ज महानगरपालिका-२५ आईसिपी गेट स्थित सडकखण्डबाट ना.३ ख ६९०५, ना.३ ख ५१६७ र ना.३ ख २६२० नम्बरका ट्रक नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए । उपरीक्षक ढुंगेलले तीन वटा ट्रकमा लोड गरिएको सामानहरूको कुल मूल्य अन्दाजी दुई करोड २९ लाख ३९ हजार ६५७ रुपैयाँ रहेको जानकारी दिए । पक्राउ परेका हार्डवेयर, कपडा तथा खुद्रा सामानहरू आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको ढुंगेलले जानकारी दिए ।

थप

सिरहा । सिरहाको लहान नगर क्षेत्रका बस्तीमा चोरी डकैतीको अफवाह फैलाएर त्रास फैलाउने काम नगर्न र भ्रममा नपर्न प्रहरीले आग्रह गरेको छ । गत वैशाख ३१ गते राति लहान नगरपालिका–१७ स्थित हरिपुरमा डाकाहरूको समूहले लुटपाट गरेपछि प्रतिकारमा उत्रिएका स्थानीयमध्ये पाँचजना घाइते भएका थिए । उक्त घटनाका केही आरोपितलाई पक्राउ गरी कारबाही गरिए पनि त्यही घटनालाई देखाएर समाजमा त्रास फैलाउने काम गरिएको भन्दै प्रहरीले सचेत गराएको हो । इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक अविनाश अधिकारीले विज्ञप्ति जारी गरी समाजमा त्रास फैलाउने कार्यमा नलाग्न र त्यसबाट भयभित नहुन आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “केही समूह र व्यक्तिले विभिन्न स्थानमा…

थप