काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआईजी)द्वय बुद्धिराज गुरुङ र केदार ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई एआईजीमा बढुवा गरेको हो । गुरुङ हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन् ।
गत १५ कात्तिकमा गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा बसेको बढुवा समितिले उनीहरूलाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।
Facebook Comments Box
