काठमाडौं । जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट एकजना नायब सुब्बा २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोककुमार यादवलाई पक्राउ गरेको हो । उनी सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् ।
सवारी ज्यान मुद्दामा सवारीधनी पक्षले पीडित पक्षलाई दिने क्षतिपूर्ति तथा किरिया खर्चबाट लिएको २० हजार रुपैयाँ घुससहित कार्यालयबाटै पक्राउ गरेको आयोगले जनाएको छ ।
सवारी धनीले जम्मा गरेको किरियया खर्च रकम मृतकको हकबलाले पटक–पटक माग्न जाँदा यादवले घुस मागेको व्यहोरासहित आयोगमा निवेदन परेको थियो ।
निवेदनपछि शुक्रबार खटिएको टोलीले यादवलाई पक्राउ गरेको हो ।
Facebook Comments Box