Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । राज्यले चाहेमा असम्भव भन्ने कुरा केही पनि छैन । त्यसैले राज्यले चाहेमा एउटा निर्णय गर्न कति समय लाग्ला ? पाँच मिनेट, एक घण्टा, छ घण्टा, बाह्र घण्टा अर्थात एक दिन उत्तर यसै अवधिको सेरोफेरोमा आउँछ । तर, नेपाल प्रहरीमा विगत ३२ वर्षदेखि ३० वर्षे सेवाहदको राजनीति चल्दै आएको छ । २०६४ सालदेखि ३० वर्षे सेवाहद लागू भएको हो । त्यसयता पटक–पटक सेवाहद हटाउन छलफल भए पनि दुईथरी प्रहरी अधिकारीको टक्करका कारण रोकिँदै आएको छ । अहिले पुनः ३० वर्षे सेवाहद हट्ने चर्चा व्यापक छ । केही मिनेटमै निर्णय गरेर कार्यान्वयनमा ल्याउन सकिने भएपनि राज्यले चासो नदेखाउँदा ३० वर्षे…
काठमाडौं । सप्तरीको बोदे बरसाइन नगरपालिकामा–७ मानराजामा प्रहरी चौकी स्थापनार्थ बनेको भवन अझै प्रयोगमा आउन सकेको छैन । वडा कार्यालयको पहलमा भवन निर्माण भए पनि जनशक्तिको अभाव देखाउँदै जिल्ला प्रहरी कार्यालयले प्रहरी नपठाउँदा भवन प्रयोगमा आउन नसकेको हो । शनिवार नवनिर्मित भवनको निरीक्षण गर्न यहाँ पुगेका मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीसमक्ष स्थानीयले जनशक्ति व्यवस्थापनका लागि आग्रह गरेका छन् । जवाफमा मन्त्री लेखीले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले स्थानीयको मागअनुसार बनेको प्रहरी चौकीमा चाँडै प्रहरी जनशक्ति पठाइने आश्वासनसमेत दिए । नागरिकलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिन सरकारले प्राथमिकताका साथ काम गरिरहेको मन्त्री लेखीको…
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल वायुसेवा निगमको ह्यांगरमा आगलागी भएको छ । शनिबार राति विमानस्थलभित्र रहेको निगमको ह्यांगरमा लागेको आगो ३६ मिनेटपछि नियन्त्रयणमा आएको थियो । ह्यांगरमा २ बजेर ४३ मिनेटमा लागेको आगो ३ बजेर १९ मिनेटमा मात्रै नियन्त्रणमा आएको विमानस्थल कार्यालयका एक अधिकारीले जानकारी दिए । यद्यपि आगलागीको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगमले प्रतिक्रिया दिन चाहेनन् । उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आगलागीको कुनै जानकारी नआएको र त्यस विषयमा कुनै सूचना पनि नभएकोले बुझ्नु पर्ने बताए । तर विमानस्थल स्रोतले भने निगमको ह्यांगलमा भएको आगलागी नियन्त्रणका फायर डिभिजनबाट एउटा दमकल गएर आगो नियन्त्रणमा लिएको…
काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगको उपाधि नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले हात पारेको छ । गएराति भएको फाइनल खेलमा टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । ९७ रनको सामान्य लक्ष्य लक्ष्य ३० बल बाँकी हुँदै मात्र दुई विकेट गुमाएर पूरा गरेको हो । पहिले ब्याटिङ गरेको मोन्ट्रियलले ९ विकेट गुमाउँदै जम्मा ९६ रन बनाएको थियो । नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आवद्ध भएको टोली भने लिगको अन्तिममा रहँदै बाहिरएको थियो ।
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ की एक महिलाको हत्या उनकै प्रेमीले गरेको खुलेको छ । साउन २२ गते राति सानीभेरी–४ लामाचौरकी ४९ वर्षीया सुशीला मल्लको हत्या भएको थियो । मल्लको शव २३ गते बिहान ८ः१५ बजे आफ्नै घरको कोठामा फेला परेको थियो । तर शुशिलाको हत्या उनकै प्रेमी चौरजाहरी नगरपालिका–११ माथिल्लो सर्केनाका २३ वर्षीय प्रेम मल्लले गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सोही आरोपमा उनलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको गरिएको हो । रुकुम पश्चिमका डीएसपी नवराज पोखरेलका अनुसार शुशिलाले बिबाह गर्न दबाब दिएपछि प्रेमले उनको हत्या गरेका थिए । शुशिला र प्रेमको डेढ…
काठमाडौं । बाँकेमा ट्रकको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकको ठक्करबाट सुर्खेत भेरीगंगा नगरपालिका- ९ घर भइ हाल प्रहरी चौकी कपुरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र विक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका विकको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । शनिबार बाँकेको बैजनाथ गाउँपालिका ५ जिगाउँचोकमा भे१क २०६२ नम्बरको ट्रकले विकले चलाएको बा.प्र०३-००५-प २०५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा अर्का एक जना पनि घाइते छन् । उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देशमा भएको आन्दोलनमा विदेशी शक्तिको हात रहेको आरोप लगाएकी छन् । भारतीय संञ्चारमाध्ययमहरुसँग कुरा गर्दै हसिनाले आफ्नो सत्ता पल्टाउन अमेरिकाको हात भएको दाबी गरेकी हुन् । अमेरिकाले मागिरहेको बंगालको खाडीको सेन्ट मार्टिन टापु अमेरिकालाई सेना राख्न दिएको भए आफूलाई यस्तो तनाव नहुने उनको भनाई छ । उनले गएको जनवरीमा एक जना गोरा व्यक्तिले एयरबेसको बदलामा सहजै शक्ति दिने बताएको अभिव्यक्ति दिएकी थिइन् । हसिनाले बंगलादेशको अन्तरिम सरकारलाई विदेशी शक्तिबाट प्रयोग नहुनसमेत चेतावनी दिएकी छन् । २४ साउनमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति मुहम्मद शाहबुद्दिनले युनुसको…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । शिष्टाचार भेटका लागि आउनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् ।
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक छन् प्रदीप अधिकारी । अधिकारी २०७८ माघ तेस्रो साता प्राधिकरणको महानिर्देशक नियुक्त भएका थिए । उनको कार्यकाल अझै डेढ वर्ष बाँकी छ । तर, गत बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उपस्थित सांसदहरुले उनै अधिकारीलाई क्यानको जिम्मेवारीबाट अलग गर्नुपर्ने भन्दै आवाज उठाए । बैठकमा उपस्थित भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेले समेत मातहतका निकायलाई कारबाही गर्ने प्रश्नमा सरकार गम्भिरतापूर्वक लागि परेको बताउँदै आफूले गरेको निर्णय फेरि अदालतबाट बदर नहोस् भन्नका लागि सो निर्णय लिनुअघि आफूले कानूनी परामर्श अघि बढाएको प्रष्ट पारे । पर्यटनमन्त्री पाण्डेको भनाईको…
काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न ब्रान्डका २९ थान मोबाइल सेट फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । भरतपुर आसपासका सर्वसाधरणहरूले आफ्ना मोबाइल हराएको भनी निवेदन दिएसँगै खोजतलास गरिरहेको प्रहरीले यो सातामा मात्र २९ थान मोबाइल फेला पारेर आइतबार धनीको जिम्मा लगाएको हो । यसरी हस्तान्तरण गरिएका मोबाइल एप्पल, सामसङ, ओप्पो लगायत कम्पनीका छन् । प्रहरी नायब उपरीक्षक (डिएसपी) भेष राज रिजालका अनुसार मोबाइल हराएको भनि प्राप्त भएका निवेदनको सम्बन्धमा खोजतलास परिपत्र गरी चितवन जिल्लासहित विभिन्न जिल्लामा अन्य व्यक्तिले चलाइरहेको अवस्थामा हराएका २९ थान मोबाइलहरू फेला पारिएको थियो । मोबाइलहरुको खोजतलास एवं अनुसन्धान गर्दै जाने क्रममा २३ वटा हराएका…