काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारीले ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् । उनले सोमबार जावलाखेलस्थित ललितपुर प्रहरी परिसर पुगेर जिम्मेवारी सम्हालेका हुन् ।
केही दिनअघि गृह मन्त्रालयले अधिकारीलाई ललितपुर प्रहरीको कमान्ड जिम्मा लगाउने निर्णय गरेको थियो । प्रहरी संगठनमा एसएसपी अधिकारी निडर र व्यवसायिक प्रहरी अधिकृतका रुपमा परिचित छन् ।
एसएसपी अधिकारीले ललितपुर जिल्लाको सुरक्षा कमाण्ड सम्हालेपछि ललितपुर पुलिसिङमा ब्यापक परिवर्तन हुने अपेक्षा गरिएको छ । उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट ललितपुर सरुवा भएर आएका हुन् ।
Facebook Comments Box
