काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । नुवाकोट घर भएका पुडासैनीको शुक्रबार राति करिब १० बजे निधन भएको हो ।
अफिसको नियमित काम सकेर कोठा पुगेपछि अचानक ढलेका पुडासैनीलाई आफन्तले उपचारका लागि हेल्पिङ हन्ड्स अस्पताल, चावहिल पुर्याएका थिए । अस्पताल पुर्याउँनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
उनको मृत्युको कारण खुल्न बाँकी छ । तर, केही दिनयता उनी बिरामी रहेको आफन्तले बताएका छन् । उनलाई हृदयाघात भएको अनुमान गरिएको छ ।
पुडासैनी पछिल्लो समय नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत थिए । उनले यसअघि माउन्टेन टेलिभिजन, आज तक, हिमालयन टाइम्स डेली, प्राइभ टेलिभिजन, रेडियो अन्नपूर्णमा काम गरेका थिए ।
Facebook Comments Box
