Author: Scoop Khabar

काठमाडौं । विशेष अदालतले भ्रष्टाचारको आरोप लागेका ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहितलाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सबै आरोपितलाई सफाइ दिएको हो । अदालतले आरोप दाबी पुष्टि नहुने फैसला गरेको हो । उनीहरुमाथि खानी तथा खनिजजन्य वस्तुको बिक्रीबाट प्राप्त हुने राजस्व हिनामिना गरेको अभियोग लागेका थियो । सफाइ पाउने अन्यमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू प्रविन कोइराला, वीरेन्द्रदेव भारती, कृष्णप्रसाद जैसी र विश्वराज मरासैनीसहित १४ जना छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर महर्जन र उपमेयर मुना अधिकारीले पाँच वर्षमा एक अर्ब चार करोड…

थप

काठमाडौं । नेपाली महिला भलिबल टिमकी खेलाडी निरुता ठगुन्नाको बढुवा भएको छ । उनी सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) मा सिपाहीबाट सहायक हवल्दारको पोष्टमा बढुवा भएकी हुन् । काभा वुमन्स च्यालेन्ज कपमा उत्कृष्ट प्रदर्शन गरेपछि निरुताको बढुवा भएको हो । बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले बुधबार दर्ज्यानी चिन्ह प्रदान गरे । २०७६ सालमा एपीएफमा लोकसेवामा नाम निकालेर निरुता सिपाही बनेकी थिइन् ।

थप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयता र गणतन्त्रका मूल्य, मान्यताविपरीत संविधान संशोधन हुन नसक्ने स्पष्ट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समसामयिक विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वस्थ्य प्रतिस्पर्धासहितको लोकतान्त्रिक प्रणाली आफूहरुले सङ्घर्ष गरेर र रोजेर ल्याएकाले देश र जनताका हितलाई सर्वाेपरी राखेर यस प्रणालीलाई स्थापित गर्न सरकार कटिबद्ध रहेको स्पष्ट गरे । ‘यसबीचमा प्रतिगमनका लागि संविधान संशोधन हुँदैछ भनेर केही भ्रम फैलाउन खोजिएको छ । हामीले जेका लागि सङ्घर्ष गरेका छौँ र सपथ लिएका छौँ । वाचाबन्धन गरेका छौँ । हामीले नै लोकतान्त्रिक प्रणाली मासेर जान सक्दैनौँ । तानाशाहीका पक्षमा हामी थियौँ भने राणा शासन र अधिनायकवादविरुद्ध लड्ने…

थप

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरू सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताएका छन् । ललितपुरमा आज आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृत स्तरीय सेवा प्रवेश तालिम-२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यदाकदा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न आग्रह गरे ।  उनले पोसाकका आधारमा व्यवहार नगरी सेवाग्राहीका समस्याहरू बुझेर यथोचित ढङ्गले सम्बोधन गर्न निर्देशन दिए । उनले आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने बताए । उनले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र सहज ढङ्गबाट सेवा प्राप्त गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने काममा ध्यान दिन आग्रह गरे । उनले हाकिमको…

थप

काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो १०४ ग्राम कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरुलाई नयाँबानेश्वरस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा तान्जानियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तोसेपोइ रहेकी छन् । ब्युरोको टोलीले जुमालाई शंकास्पद अवस्थामा फेला पारी उनको कोठा खानतलासी गर्दा झोलाभित्र लुकाई राखेको अवस्थामा लागूऔषध कोकिनका ८० वटा क्याप्सुलहरु बरामद गरेको थियो। उक्त क्याप्सुलमा रहेको लागूऔषध कोकिन १ किलो १०४ ग्राम रहेको ब्यूरोको अनुसन्धानबाट खुलेको छ ।उक्त कोकिनका क्यासुलहरु डेलिभरी दिने क्रममा भारतीय नागरीक तोसेपोइलाई ब्यूरोको टोलीले पक्राउ गरेको…

थप

सुनसरी । सुनसरी प्रहरीले हवाई फायर गरी भारतीय नम्बर प्लेटको कारबाट एक क्विन्टल लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो धरानबाट प्रहरीले भारतीय नम्बर प्लेटको डब्लूबी७४एस२५३१ नम्बरको कारमा लोड गरिएको गाँजा नियन्त्रणमा लिन चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको जनाएको छ । धरान १५ स्थित श्यामचोकबाट पानबारी जाने सेउती पुलमा गस्तीमा रहेको प्रहरीलाई छलेर भाग्न खोज्दा हवाई फायर गरी गाँजा लोड गरिएको कार नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । उनका अनुसार कारलाई रोक्ने प्रयास गर्दा तीव्र गतिमा अघि बढेको र पछ्याउँदै जाँदा करिब ३५ मिटरपर कार छाडी चालक जंगलतर्फ भागेको…

थप

सिन्धुली । नेपाल प्रहरीका एक हवल्दार डिउटीबाटै भारतीयबाट अपहरणमा परेका छन् । घटनामा संलग्न पाँच जनामाथि प्रहरीले अपहरण मुद्दा अघि बढाएको छ । घटना गत १२ साउनमा सिन्धुली जिल्लामा भएको हो । तर, प्रहरीले विस्तृत विवरण बाहिर ल्याएको छैन । सो दिन बेलुका करिब ८ बजेको समयमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ स्थित विपी राजमार्गमा पर्ने हिरापानी चेकपोष्टमा मापसे डिउटीमा खटिएको थियो । बिआर२२एइपी ७३२१ नम्बरको भारतीय कारमा पाँच भारतीय थिए । उनीहरुले मादक पदार्थ सेवन गरेका थिए । प्रहरी हवल्दार संदिप नारायण दासले चेकजाँच गर्ने क्रममा भारतीयसँग विवाद भयो । गाडीमा रहेका भारतीयले हवल्दार दासलाई गाडीभित्र तानेर गाडी…

थप

काठमाडौं । नेपाल प्रहरीका कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीलाई १६ वर्षमै पेन्सनको सुविधा दिन सुझाव दिइएको छ । गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य नेतृत्वको कार्यदलले यस्तो सुझावसहित गृहमन्त्री रमेश लेखकलाई १४८ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो । कार्यदलले बुझाएको प्रतिवेदनमा सेवा प्रवेश गरेको १६ वर्षमै पेन्सन हुने सुविधा दिनुपर्ने उल्लेख गरेपछि गृहकार्य बढाइएको छ । प्रहरी कार्यालय सहयोगीदेखि बरिष्ठ हवल्दारका कर्मचारीसम्मको हकमा सेवा प्रवेश गरेको १६ वर्षमै पेन्सन हुनुपर्ने सुझाव कार्यदलको छ । कार्यदलले यसअघि प्रहरी प्रधान कार्यालयले माग गर्दै आएको १६ वर्षमै पेन्सनको व्यवस्थालाई प्रतिवेदनमा समेट्दै गृहमन्त्री रमेश लेखकलाई १७ साउनमा प्रतिवेदन बुझाएको थियो । अब बन्ने संघीय प्रहरी…

थप

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)को पदावधि ४ वर्षबाट घटाएर ३ वर्षमा झार्नुपर्ने सुझावसहित प्रतिवेदन तयार भएको छ । गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदनमा आईजीपीको पदावधि ४ वर्षबाट घटाएर ३ वर्षमा झार्नुपर्ने उल्लेख गरेको छ । कार्यदलले यसअघि प्रहरी प्रधान कार्यालयले माग गर्दै आएको बिषयलाई प्रतिवेदनमा समेट्दै गृहमन्त्री रमेश लेखकलाई १७ साउनमा प्रतिवेदन बुझाएको थियो । अब बन्ने संघीय प्रहरी ऐनमा यी विषय समेट्नुपर्ने सुझाव कार्यदलले दिएको छ । कार्यदलले ३० वर्षे सेवा अवधि हटाउनेदेखि सेवा प्रवेश गरेको १६ वर्षमा पेन्सनमात्रै होइन पदावधिदेखि उमेरहदबारे समेत थपघट गर्नुपर्ने सुझाव दिएको छ । कार्यदलले आईजीको पदावधि ४…

थप

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागमा डिआईजीहरुको सरुवा गरेको छ । नेपालको जासुसी संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका प्रदेशका हाकिम (डिआईजी) को सरुवा गरिएको हो । स्रोतका अनुसार राष्ट्रिय अनुसन्धान विभागको सिफारिसमा प्रधानमन्त्रीले डिआईजी सरुवा गरेका हुन् । हाल कोशी प्रदेशमा कार्यरत डिआइजी किशोर श्रेष्ठको सुदूरपश्चिम प्रदेशमा सरुवा भएको बताइएको छ । त्यस्तै सुदूरपश्चिममा कार्यरत इन्द्र लामाको कोशी प्रदेश, मधेस प्रदेशमा कार्यरत सञ्जय यादवको बागमती प्रदेश, बागमतीमा कार्यरत रामप्रसाद दासको लुम्बिनी प्रदेश, लुम्बिनीका ओम खड्काको कर्णाली, कर्णालीका माधव तिमल्सिनाको मधेस र गण्डकीका कृष्ण खनालको विभागको केन्द्रीय कार्यालय सरुवा भएकोमा गण्डकीमा प्रजेश सिंह हमाल गएका छन् । अब उनीहरू केही दिनमै…

थप