काठमाडौं । उपत्यकाका दुई प्रहरी वृत्तमा नेतृत्व परिवर्तन भएको छ । लैनचौर वृत्तमा प्रहरी नायव उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारी र सिंहदरबार वृत्तमा डीएसपी गंगाप्रसाद पौडेलले सोमबारदेखि कमाण्ड सम्हालेका छन् ।
यसअघि लैनचौर वृत्तमा डीएसपी सत्यनारायण थापा र सिंहदरबार वृत्तमा डीएसपी चक्रबहादुर शाह कार्यरत थिए । उनीहरुको अवधी पुगेपछि केही दिनअघि भण्डारी र पौडेलको सरुवा भएको हो ।
तर, प्रहरी प्रधान कार्यालयले सिंहदरबार वृत्तका लागि सुरुवातमा डीएसपी बेद पौडेलको सरुवा गरेको थियो ।उनले उक्त जिम्मेवारी लिन अस्वीकार गरेपछि डीएसपी गंगाप्रसाद पौडेललाई पठाइएको हो।
पौडेल यसअघि काठमाडौं प्रहरी परिसरमै कार्यरत थिए । प्रहरी वृत्तको नेतृत्व परिवर्तनसँगै स्थानीय सुरक्षा व्यवस्थामा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ ।
