Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । पछिल्लो ६ महिनायता प्रहरी संगठनभित्र वरिष्ठ उपरीक्षक (एसएसपी) को मात्र नभएर तल्लो दर्जाको समेत बढुवा हुन सकेको छैन । हालसम्म आएर २५ पद रिक्त हुँदा समेत बढुवा अन्यौलमै छ । बढुवा नहुनुको कारण अरु कोहि नभएर तालुक मन्त्रालयका मन्त्री हुन् । गृहमन्त्री रमेश लेखकले सिनियर प्रहरी उपरीक्षक (एसपी) हरूलाई पन्छ्याएर जुनियरलाई एसएसपीमा बढुवा गर्न दबाब दिएको कारण बढुवा अन्यौलमा परेको हो । एसएसपीका लागि २ ब्याचका ६ लटमा बढुवा भएका एसपीहरू प्रतिष्पर्धामा छन् । तर दोस्रो ब्याचको पनि अन्तिम अर्थात् चौथो लटमा एसपीमा बढुवा भएका चक्रराज जोशीलाई कुनै पनि हालतमा बढुवा गर्नुपर्ने गृहमन्त्री लेखकको अडानपछि बढुवा अन्यौलमा परेको…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा हाजिर भएका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका लामिछानेलाई शुक्रबार नै अदालतमा हाजिर हुन भनिएको थियो । तर पोखराबाट काठमाडौँ आउँदा साँझ परेकोले उनी आज मात्र अदालतमा हाजिर भएका हुन् । स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका लेखा समिति सदस्य सुनिता नेवा र ऋण उप समिति सदस्य कमल लामा धरौटीमा रिहा भैसकेका छन् । स्वर्णलक्ष्मीमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी सहित ३९…
काठमाडौं । लमजुङको दोर्दी गाउँपालिका–८, हिलेटक्सार माझगाउँका इमानसिंह गुरुङ १८ वर्षको उमेरमा भारतीय सेनामा भर्ती हुन गएका थिए। तर फेल भए। लाहुरे बन्ने सपना चकनाचुर भएपछि उनको मानसिक अवस्था कमजोर हुँदै गयो। उनले मन पराएको केटीले पनि अर्कैसँग बिहे गरिन्। उनको मानसिक अवस्था झन् बिग्रँदै गयो। मानसिक सन्तुलन गुमाएपछि उनले घरपरिवारमाथि नै आक्रमण गर्न थाले। परिवारले बाध्य भएर उनलाई ३२ वर्षसम्म कुकुर बाँध्ने साङ्लोले बाँधेर राखे। १८ वर्षको उमेरदेखि ५१ वर्षसम्मको जीवन उनले यस्तै अवस्थामा बिताए। २०७७ सालमा मानव सेवा आश्रमले इमानसिंहको उद्धार गर्यो। आश्रमको स्याहार र उपचारपछि उनीमा सकारात्मक परिवर्तन आयो। लमजुङबाट हेटौँडासम्म पुर्याएर गरिएको उपचारले उनी सामान्य जीवनतर्फ…
आजपाको वीरगन्जमा भष्ट्राचार विरुद्धको खबरदारी सभा: आर्थिक राजधानी बनाउन प्रभु साहको माग
वीरगन्ज । पुर्व मन्त्री एवम आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले सरकारले वीरगन्जलाई आर्थिक राजधानी घोषणा गर्नुपर्न बताएका छन् । आम जनता पार्टी पर्साका जिल्ला कमिटीले आयोजना गरेको वीरगन्जलाई देशको आर्थिक राजधानी घोषणा गराउने संकल्प सहित आम जनता पार्टीका भष्ट्राचारको विरुद्ध खबरदारी सभामा बोल्दै अध्यक्ष साहले नारायणी अस्पताललाई मेडिकल क्लेज बनाउने, ठाकुरराम बहुमुखी क्यामपसलाई बिश्वबिधालयको मन्यता दिलाउने र नारायणी रंगसालाई पुन निर्माण र वीरगन्जलाई आर्थिक राजधानी बनाउनु पर्ने ओली सरकारलाई तेस्रो जनअन्दोलन उदघोषण गरेको बताए । पुर्व मन्त्री साहले पर्साका तीन जना अहिलेको सरकारमा केन्द्रीय मन्त्री रहदा पनि ती मन्त्रीहरुले सन्तोषजन्क काम गर्न नसकिएको बताए । उनले आफु शहरी…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् । हिजो (शनिबार) राप्रपाले आयोजना गरेको चियापान समारोहमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको र यसले प्रजातन्त र बहुदलीय व्यवस्थासमेत मास्न चाहिरहेको बताएका हुन् । सरकारले पछिल्लो समय ल्याइरहेको विधेयकमा केन्द्रीत हुँदै अध्यक्ष लिङ्देनले भने, ‘यो सरकार सर्वसत्तावादतर्फ गइराखेको छ । नियमित रुपमा बोलाउनुपर्ने संसद् नबोलाएर देश अध्यादेशको बाटोमा लैजानुभनेको यो सरकारको नियत के हो भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ । यो सरकार प्रजातन्त्र र बहुदलीय व्यवस्थासमेत मास्न चाहन्छ । यसको हामीले सशक्त प्रतिवाद…
काठमाडौं । नेपाली युवा गायक युवा युनेश गिरीको क्यानडामा भएको सडक दुर्घटनामा परि निधन भएको छ। गैरआवासीय नेपाली संघ क्यानडा अनुसार त्यहाँकाे ब्राम्टन शहरमा बसोवास गर्दै आएका उनकाे गत मंगलबार सडक दुर्घटनामा परि निधन भएको थियो। खोटाङ घर भएका गिरी गायक समेत थिए। उनको शव नेपाल फर्काउन गैरआवासीय नेपाली संघ क्यानडाले आर्थिक संकलन अभियान समेत संचालन गरेको छ। परिवारले गिरीको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोगको निम्ति आग्रह गरेपछि ‘गो फन्ड मी’ अभियान संचालन गरिएको संघले जनाएको छ। संघले सक्दो सहयोगको लागि सबैलाई अपिल समेत गरेको छ।
काठमाडौँ । कतारबाट मलद्वारामा सुनको सिक्री लिएर आएका सप्तरी २ सहित ३ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। सप्तरीका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद इलियास र सुनसरीका २७ वर्षीय शिवशंकर चौधरी सुनसहित पक्राउ परेका हुन्। उनीहरु शुक्रबार हिमालय एयरलाइन्सको उडानमार्फत कतारको दोहाबाट काठमाडौं आएका थिए। भन्सार छली लैजान लागिएको सुन बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा मलद्वारभित्र लुकाइएको सुन जस्तो देखिने धातुसहित फेला पारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाई छ। कृष्णको साथबाट ५८.३३ ग्रामको सिक्री, मोहम्मदको साथबाट ५८.३३ ग्रामको सिक्री र शिवशंकरको…
काठमाडौं । मकवानपुरमा प्रहरीको चेकपोइन्टबाट भागेको स्कुटरले ठक्कर दिँदा एक बालक घाइते भएका छन्। शुक्रबार साँझ ५ बजे मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातमाटेस्थित पूर्व-पश्चिम राजमार्ग सडक खण्डमा वीरगन्जबाट हेटौंडा आउँदै गरेको प्र.३-०२-०१०प ९८८५ नं.को स्कुटरलाई चेकजाँचका लागि प्रहरीले रोक्न इसारा गरेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उक्त स्कुटरमा सवार युवकहरू उल्टै चेकजाँचमा खटिएका प्रहरीलाई जिस्काउँदै चेकपोइन्टमा नरोकी भागेका थिए। चेकपोइन्टबाट भागेपछि शंकास्पद लागेर प्रहरीले उनीहरुको पिच्छा गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामू अर्यालले जानकारी दिए। पिच्छा गर्दै जाने क्रममा हेटौडा उपमहागरपालिका -४ कमलडाँडामाख स्कुटरले सोही स्थानमा बस्ने गणेश बहादुर घलानको छोरा ८ वर्षीय जेसन घलानलाई ठक्कर दिएर…
काठमाडौं । रोेजगारीका लागि माल्टा पुगेकी महोत्तरीकी एक २५ वर्षीय किशोरीको सडक दुर्घटनामा मृत्यु भएको छ। बर्दिबास नगरपालिका–३ की २५ वर्षीया गौरीकुमारी बरालको शनिवार मृत्यु भएको हो। ५ जनवरीमा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी बरालको उपचारका क्रममा मृत्यु भएको हो। उनी रोजगारीका सिलसिलामा सन् २०२२ को डिसेम्बरमा माल्टा पुगेकी थिइन्। एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले परिवारसँगको सल्लाहमा शव नेपाल पठाउन सहजीकरण भईरहेको बताए।
काठमाडौं । कमलादीमा स्काईवार्क टावर सञ्चालन गर्दै आएको वोन्डर्स नेपाल प्रा.लिले सर्बसाधारणलाई सेयर बिक्री गर्ने भएको छ । सर्बसाधारणलाई सेयर बेच्न कम्पनीको प्रा.लि संरचना परिवर्तन गरी लिमिटेड संरचनामा लैजाने निर्णय पनि कम्पनीले गरेको छ ।शुक्रबार सम्पन्न सातौ बार्षिक साधारण सभाबाट कम्पनीलाई पब्लिक लिमिटेड बनाउने र सर्वसाधारणलाई सेयर बिक्री गर्ने निर्णय भएको कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यद्यपी कम्पनीका संस्थापक सञ्चालक समितिका सदस्य लोकनाथ अधिकारीले कम्पनीले सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने सोचेर प्रस्ताव मात्र गरिएको बताए । ‘सेयर निष्काशनका लागि धेरै कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाउनुपर्छ । त्यसको लागि लामो समय लाग्छ’ उनले भने…