वीरगन्ज । पुर्व मन्त्री एवम आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले सरकारले वीरगन्जलाई आर्थिक राजधानी घोषणा गर्नुपर्न बताएका छन् ।
आम जनता पार्टी पर्साका जिल्ला कमिटीले आयोजना गरेको वीरगन्जलाई देशको आर्थिक राजधानी घोषणा गराउने संकल्प सहित आम जनता पार्टीका भष्ट्राचारको विरुद्ध खबरदारी सभामा बोल्दै अध्यक्ष साहले नारायणी अस्पताललाई मेडिकल क्लेज बनाउने, ठाकुरराम बहुमुखी क्यामपसलाई बिश्वबिधालयको मन्यता दिलाउने र नारायणी रंगसालाई पुन निर्माण र वीरगन्जलाई आर्थिक राजधानी बनाउनु पर्ने ओली सरकारलाई तेस्रो जनअन्दोलन उदघोषण गरेको बताए ।
पुर्व मन्त्री साहले पर्साका तीन जना अहिलेको सरकारमा केन्द्रीय मन्त्री रहदा पनि ती मन्त्रीहरुले सन्तोषजन्क काम गर्न नसकिएको बताए । उनले आफु शहरी विकासमन्त्री हुदा पाँच महिनाको कार्यकालमा पर्सामा ३ सय करोड बजेट बिनयोजन गरि टेन्डर गरेको बताए ।
साहले भन्सारबाट निस्केको गाडीलाई प्रहरीले अन-आवशयक रोकी चेकजाँचको नाऊमा दुख दिन गरेको बताए । प्रहरीले मधेशको जनतालाई खाद्यान्न सामान सहित नियन्त्रणमा लिने गरेका छन भन्ने तस्करबाट करोडौं रुपैया असुली राजस्व चुहाट गर्न पाउने र घरयासी सामानहरु पक्राउ गरि मधेशको जनताको पैसाबाट तलब खाने र मधेसीको जनतालाई दुख दिने कार्य सरकारले बन्द गर्नु पर्ने बताए ।
